बुधबार, १२ वैशाख २०८१

‘छुर्पि चौरी गाईको’ अपार सफलता पछि दामोदर भण्डारीको ‘फुल राम्रो रातै हो’ सार्वजनिक (भिडियोसहित)

समयपोष्ट २०७७ चैत १६ गते १५:५८

Advertisement

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गीतहरु आउनेक्रम बढेको छ ।

सोहि क्रममा लोकप्रिय सर्जक एवम् गायक दामोदर भण्डारीको उत्कृष्ट सृर्जनामा ‘फुल राम्रो रातै हो’ गीतको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायक गायिका दमोदर भण्डारी र तुलसी घर्ती मगरको निकै सुमधुर आवाज सजिएको छ । सर्जक एवम् गायक दामोदर भण्डारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको गीतमा डोल राजले संगित संयोजन रहेको छ ।

फुल राम्रो रातै हो पैसाबाल देखेसी टासिने केटी जातै हो , फुल राम्रो रातै हो, राम्री केटी देखेसी टासिने केटाको जातै हो

केटा केटी विचको यस्तै यस्तै रमाईला कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

सर्जक एवम् गायक दामोदर भण्डारी अत्यन्तै सहयोगी , मिलनसार साथै उत्कृष्ट गित सगित सृर्जना एवम् रचना गर्ने सर्जक पनि हुन् । निकै मिठो सुमधुर आवाजका धनी भण्डारीको केही समय अघि वजारमा आएको गित ‘छुर्पि चौरी गाईको’ टिकटक देखी युटुवमा निकै भाईरल भएको थियो भने भण्डारीको चर्चा निकै चुलिएको थियो । ‘फुल राम्रो रातै हो’ गित सार्वजनिक भए लगतै सर्जक भण्डारीले भने, ‘निकै मिहिनेतका साथ फरक प्रसंगको साथमा नया सृर्जना लिएर आएको छु, विगतमा जस्तै ‘छुर्पि चौरी गाईको’ गितलाई जसरी माया गर्नु भयो, यो गीततलाई पनि त्यस्तै माया गर्दिनुहुन्छ भने आशा अनि अपेक्षा छ’ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , चर्चित म्युजिक भिडियो निर्देशक एवम् कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा निकै चर्चित कलाकारहरु अभिनय एवम् डान्सिंग फिचर रहेको छ । लोकप्रिय कलाकार विमल अधिकारी, करिष्मा ढकाल, वविन सिंह ठकुरी, अस्मिता पुरी, भरत श्रेष्ठ, सृर्जना किराती, रोशन गैरे, सपना रावत लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ।

गितको म्युजिक भिडियोमा राजेश घिमिरेको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ । हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :https://youtu.be/3invmiMj418

प्रतिक्रिया

सम्बन्धित सामाग्री