शनिबार, ८ वैशाख २०८१

ज्योति लाइफको आइपीओ बाँडफाँट, १२ लाख ४८ हजार आवेदकको हात खाली

समयपोष्ट २०७७ चैत १३ गते १३:२४

Advertisement

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथाका माध्यमबाट ५ लाख ९४ हजार लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएहो छ ।

कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक कायम भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । यस हिसाबमा ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट गरिएको हो ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री