शुक्रबार, १४ वैशाख २०८१

महँगा गाडी आयातमा प्रतिबन्ध हट्यो, अब ६० लाख रुपैयाँ माथिका सवारी नेपाल भित्र्याउन पाउने

समयपोष्ट २०७७ चैत ९ गते १९:०३

Advertisement

अब अटो व्यवसायीहरुले ५० हजार डलर अर्थात् ६० लाख रुपैयाँ माथिका महँगा सवारीहरू नेपाल भित्र्याउन पाउने भएका छन् ।

सरकारले सवारी आयातमा गत वर्षदेखि लागु गरेको ५० हजार डलरको प्रतिबन्ध हटाएसंगै ब्यवसायीले ६० लाख रुपैयाँ माथिका सवारी नेपाल भित्र्याउन पाउने भएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध हटाउँने निर्णय गरेको हो ।

सरकारले सोमबार उक्त निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्दै सवारी आयातमा गत वर्षदेखि लागु गरेको ५० हजारको सिलिङ हटाएको जानकारी दिएको छ।

गत वर्ष कोभिड–१९ का कारण चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउन गएसँगै सरकारले १६ गते ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पछि सो निर्णयलाई केही परिमार्जन गर्दै सरकारले अत्यावश्यक केही विदेशी नियोग, एनजीओ, आइएनजिओ लगायतका क्षेत्रहरुले भने ५० हजार डलरभन्दा माथिका सवारी पनि आयात गर्न सक्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले सबै क्षेत्रका लागि ५० हजारको क्याप हटाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री