सोमबार, ३१ वैशाख २०८१

चन्द्रगढी विमानस्थलमै इन्धन डिपो बन्ने, निगम र नागरिक उड्डयन कार्यालय बीच सम्झौता

समयपोष्ट २०७७ चैत ५ गते १९:५३

Advertisement

हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।

डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।

नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताउनुभयो । सो जग्गामा रु पाँच करोडको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो ।

पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको उहाँले बताउनुभयो । विमानस्थलमा डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ ।

Advertisement

उहाँका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरीद गरी सिधै विराटनगर पु¥याइने र गुणस्तरजाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो । “स्थायी संरचना नहुँदा विराटनगरबाट ट्याङ्करमा इन्धन ल्याउने र ट्याङ्करबाटै सप्लाई गर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त्यो समस्याबाट मुक्त हुन्छ । सिलगुढीबाट खरीद गरिएको इन्धन सिधै चन्द्रगढीको विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकिन्छ ।”

निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताउनुभयो । दैनिक चन्द्रगढी विमनस्थलबाट नौ वटा विमानले उडान भरिरहेको छ । जसमा पाँच वटा बुद्ध एयर, दुई वटा यति एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौँ उडान भरिरहेको छ ।

डिपो स्थापनासँगै सस्तो मूल्यमा सहज हिसाबले हवाई इन्धन उपलब्ध हुने पर्यटन व्यवसायी तथा अनिमेश ट्राभल्सका सञ्चालक गोपाल खनालले बताउनुभयो । उहाँले सिलगुढीबाट विराटनगरसम्म पु¥याएर इन्धन फिल्टर गरेर ल्याउनुपर्ने झन्झटिलो र महङ्गो प्रक्रियाको अन्त्य हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री