प्रधानमन्त्री ओली उत्कृष्ट गीतकार
समयपोष्ट
२०७७ चैत ५ गते १४:१५
प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो गीत उत्कृष्ट पाँचभित्र परेको प्रमाणपत्र समेत बुझेका छन् ।
‘स्वदेशमै रोजगारी’ बोलको गीत राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँचभित्र पर्न सफल भएको हो । प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राईको र शान्तिराम राई संगीत रहेको छ ।
चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोजकको तर्फबाट सो प्रमाणपत्र हस्तान्तर गरेका छन् ।
प्रतिक्रिया