सोमबार, ३१ वैशाख २०८१

विराटनगरमा कहाँ-कहाँ बन्ने भयो तीन आकाशे पुल ?

समयपोष्ट २०७७ चैत २ गते १८:१२

Advertisement

विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरका इन्जिनीयर अर्जुन थापाले जानकारी दिनुभयो ।

उक्त तीन पुल रु दुई करोड ४७ लाखको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्वाइ, पाँच दशमलव पाँच मिटर उचाइको हुने छ । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई ‘स्टेयर’, घाँस चोक र कञ्चनबारीमा चार ‘स्टेयर’को हुने छ ।

कला विल्डरले बरगाछी र घाँस चोकको र आर के विल्डर्सले कञ्चनबारीको निर्माणको ठेक्का पाएको इञ्जिनीयर थापाले बताउनुभयो । सो अवसरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले नगरको यातायात, स्वास्थ्य , शिक्षा र खेलकूदको क्षेत्रमा महानगरले काम गरेको चर्चा गर्दै आगामी दिन नगरको शोभा झल्किने नगर स्वागतद्वार निर्माण गर्ने बताउनुभयो ।

वडा नं ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले पुल निर्माणबाट नागरिकले सडक दुर्घटनामा अकालै ज्यान गुमाउने कार्यमा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री