आइतबार, ३० वैशाख २०८१

सर्लाहीमा भारतद्धारा कल्भर्ट र ढल निकास निर्माण

समयपोष्ट २०७७ फागुन २९ गते १४:५६

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण सम्पन्न भएको छ ।

जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा बनेको कल्भर्ट र ढल निकासीको शनिबार विरगंज महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत होमनाथ सुवेदीले संयुक्त रुपमा समुद्धघाटन गरे ।

“नेपाल भारत विकास सहकार्य”कार्याक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण खानेपानी चोक देखी नगरपालिका चोक (८०० मि.) सम्म र शिव सागर चोक सडक देखी विश्वकर्मा चोक सडक (५०० मि.) सम्म दुई प्याकेजहरू मार्फत गरिएको छ । जसको कुल लागत ४२.७८ मिलियन रहेको छ ।

Advertisement

उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

उक्त कल्भर्ट र ढल निकास निमार्णका लागि भारतिय दुतावास, काठमाँडौ र संघिय मामिला तथा सामान्य प्रशासन मंत्रालय अन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो। उक्त नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ।

उक्त परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पुर्याउने छ । यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री