सोमबार, ६ वैशाख २०७८

बीमाले भविष्यमा आउन सक्ने समस्याको समाधान दिन्छ

समयपोष्ट २०७७ फागुन २८ गते ११:४४

Advertisement

जीवन बीमा क्षेत्रमा कोभिड–१९ ले कस्तो प्रभाव पार्यो ?
कोभिड–१९ ले देशको अर्थतन्त्रलाई नै प्रभावित बनाएको छ । सामाजिक क्षेत्र यसबाट प्रभावित हुनेबितिक्कै बीमा क्षेत्रमा पनि यसको प्रभाव अवश्य प¥यो । यो महामारीले चुनौतीसँगै हाम्रो धैर्यतालाई टेष्ट पनि गर्यो । चुनौती र टेष्टसँगै महामारीले हामीलाई धेरै कुरा सिकाएर गयो, जसलाई हामी अवसरको रुपमा लिन सक्छौं । महामारीको समयमा दैनिकी कसरी अगाडि बढाउने ? त्यो चुनौती भयो । बीमा क्षेत्र, त्यसमा पनि हाम्रो कम्पनी मेटलाइफले त्यो चुनौतीलाई कसरी सामना गर्यो भन्ने सवालमा हामीले बिजनेसलाई निरन्तरता दिने योजना तत्काल लागु गर्यौं, जसले गर्दा बिना कुनै रोकतोक लकडाउनको पहिलो दिनदेखि नै ग्राहकहरुलाई सेवा–सुविधा उपलब्ध गराउन सक्यौं । अन्य बीमा कम्पनीहरु पनि त्यसरी नै अगाडि बढे होलान् ।महामारीले व्यवसाय पक्कै पनि प्रभावित भयो । त्यो प्रभावलाई कसरी थेग्ने भन्ने कुरा महामारीले टेष्ट गर्यौं। महामारीको समयमा हाम्रो मुख्य ध्यान स्वास्थ्य सुरक्षामा नै रह्यो । चाहे हाम्रा कर्मचारी हुन्, चाहे ग्राहक हुन् या फिल्डमा खटिने साथीहरु हुन्, व्यवसायभन्दा पनि स्वास्थ्य सुरक्षामा हामी बढी केन्द्रित भयौं ।

हामीले कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराहरु ग्राहकहरुलाई अप्रोच गर्यौं। प्रिमियम होलिडे, रिस्टेटमेन्ट क्याम्पियनहरु ल्यायौं । हामी च्यालेन्ज र टेष्ट दुवैबाट ओभरकम गयौं । तेस्रो कुरा सिकाइ, जुन हाम्रा लागि अवसर बन्यो । यो बेला हामीले थुप्रै सिकाइ सिक्यौं । त्यो सिकाइको आधारमा हाम्रो भविष्यको रणनीति तयार बन्दै जानुुपर्छ र त्यहीअनुसार अगाडि बढ्नुुपर्छ । मेटलाइफको सन्दर्भमा हाम्रा सिकाइहरु के–के हुन् त ? पहिलो अनलाइन प्रिमियम कलेक्सन । महामारीअगाडि नै त्यसको सुरुवात गरे तापनि महामारीको समयमा अझ बढी यसमा हामी केन्द्रित भयौं । अर्को भनेको फिल्ड फोर्सहरुका लागि अनलाइन कक्षाहरु, पोलिसी सेलिङका कुराहरु भर्चुअल्ली कसरी गर्न सकिन्छ भन्ने कुराहरुमा केन्द्रित भयौं । डिजिटल्ली सेवा कसरी दिने भन्ने कुराका साथै वर्क फ्रम होमको कुरा पनि यही महामारीले सिकायो, जुन हाम्रो देशमा यसअघि अभ्यास नै थिएन ।

Advertisement

अब जीवन बीमा लेखलाई पूर्णरुपमा डिजिटल बनाउन महामारीको समयमा अपनाइएको प्रविधि कत्तिको सहयोगी होला ?
हामीले पाँच–दस वर्षपछाडि अझ भनौं दीर्घकालीनरुपमा सोच्नुुपर्छ । आजको दस वर्षअघिकै कुरा गर्दा मानिसहरुलाई फेसबुक, भाइबरबारे त्यति धेरै जानकारी नै थिएन । तर, अहिले प्राविधिकरुपमा मानिसहरु सचेत भइसकेका छन् । हाम्रो कम्पनीको मुख्य जोड पनि डिजिटलाइजेसन नै हो । यही महामारीको सिकाइबाट हाम्रो इण्डष्ट्री पनि त्यसमा केन्द्रित हुन जरुरी छ ।

अब प्रिमियम तिर्न कार्यालय धाइरहनुुपर्दैन । कनेक्ट आईपीएस, ई–सेवा, खल्ती, फोन पे सबैबाट मेटलाइफको प्रिमियम तिर्न मिल्छ । हाम्रो कम्पनीसँग काइट भन्ने एप्स छ । फिल्डमा गएका अभिकर्ता साथीहरुले कम्पनीबाटै उपलब्ध गराएको ट्याबबाट त्यही एप्समार्फत् फर्म भरेर आवश्यक डकुमेन्ट त्यहीँबाट कम्पनीमा पठाउन सक्छन् । कम्पनीले डिजिटल माध्यमबाट प्रोसेस गरेर पोलिसी तयार गरेर ग्राहककहाँ पुर्याउन सक्छ । अनबोर्डिङको इण्ड टुु इण्ड प्रोसेस डिजिटलाइजेसन सुुरु भइसकेको छ, जुन मेटलाइफले सुुरु गरिसकेको छ । यो प्रोसेसमा अन्य कम्पनीहरु पनि आउँदैछन् ।

अर्को, हामीले ग्राहकका लागि पनि मेटलाइफ नेपाल कष्टुुमर सर्भिस एपको विकास गरेका छौं, जुन आईओएस र एन्ड्रोइड दुुवैमा प्राप्त गर्न सकिन्छ । उक्त एप डाउनलोड गरेपछि ग्राकहहरुले सबै कुरा त्यहीँबाट जानकारी लिन सक्नछन् । पोलिसी स्ट्याटस, पोलिसीको स्टेटमेण्ट, प्रिमियम पेमेण्ट त्यहीँबाट गर्न सकिन्छ ।

अर्को, हामीले क्लेम पनि अनलाइनबाटै सबमिट, रजिष्टर गर्न मिल्ने गरी वर्कआउट गरिरहेका छौं । त्यो हुँदा क्लेम प्रोसेस हुँदै जान्छ । अब मच्युरिटी भएपछि ग्राहकहरुले चेक बोक्ने झण्झट व्यहोर्नुपर्ने छैन । कम्पनीले अनलाइनबाटै मच्युरिटी, क्लेम, ग्राहकहरुलाई तिर्नुपर्ने अमाउण्ट उहाँहरुकै खातामा जान्छ । यो सुुरुवातमात्रै हो । आउँदा दिनहरुमा डिजिटल सर्भिसले थुप्रै फड्को मार्नेछ । बीमा कम्पनीले धेरै सेवाहरु डिजिटल्ली उपलब्ध गराउन सक्नेछन् । त्यो प्रक्रियामा मेटलाइफ अगाडि बढिसकेको छ । अन्य बीमा कम्पनीहरु पनि त्यसमा लागिसकेका छन् भन्ने मलाई लाग्छ ।

कोरोना बीमा सुुरुवातदेखि नै विवादित बन्यो । अहिलेसम्म पनि विवादित नै छ । यसले समग्र बीमा उद्योगलाई कस्तो असर गर्ला ?
कोरोना बीमा जुन समयमा ल्याइयो, यसलाई निकै नै साहसिक निर्णयकोे रुपमा लिनुुपर्छ । यसमा उपयुक्त प्रिमियम लगानी गर्न, मोर्टालिटी हेर्न जरुरी हुन्छ । यी सब कुराहरु हेरेर जसरी यो बीमा ल्याइयो, यसको कदर गर्नुपर्छ । चुनौतीपूर्ण हुँदाहुँदै पनि यस विषयमा धेरै हदसम्म सम्बोधन भइसकेको छ जस्तो लागेको छ । यसमा निर्जीवन बीमा कम्पनीहरु, सरकार, रिइन्स्योरेन्स कम्पनी, बीमा समिति समावेश छन् । यस विषयमा उपयुक्त ढङ्गले सम्बोधन गरेर उहाँहरु अगाडि बढ्नुुहुन्छ भन्ने लागेको छ ।

 

यहाँ जीवन बीमक सङ्घको अध्यक्ष पनि हुनुहुन्छ, अहिले जीवन बीमा क्षेत्रका मुख्य चुनौतीहरु के–के छन् ?
बीमा सर्वसाधारणको जोखिम बहन गर्ने कम्पनी हो । तर, कुनै पनि किसिमको जोखिमलाई ट्रान्सफर गरिएको हुन्छ । ट्रान्सफर गर्ने क्रममा बीमा कम्पनीहरुले जे–जति पनि फण्डहरु छन्, जीवन बीमा कम्पनीहरुलाई दिएका हुन्छन् । त्यो बीमितहरुको फण्डलाई सन्तुलित र उपयुक्त तवरले व्यवस्थापन गर्न सक्नु एउटा जोखिम हो । बीमा कम्पनीहरुले बीमितलार्ई आवश्यक परेको समयमा दाबी भुक्तानी गर्न सक्ने क्षमता राख्नुुपर्छ । त्यसकारण ग्राहकको फण्डलाई उपयुक्त ढङ्गले व्यवस्थापन गर्न सकियो भने मात्र बीमितलाई चाहेको बेला भुक्तानी दिन सकिन्छ । त्यसकारण लगानी जोखिम नै मुख्य जोखिम हो । यसलाई बीमा कम्पनीहरुले व्यालेन्स गर्न जरुरी छ । यो जोखिमलाई व्यवस्थापन गरेपछि बीमा कम्पनीहरुले सल्भेन्सी रेसियोलाई सन्तुलनमा राख्नुुपर्छ । त्यसले नै कुनै पनि कम्पनीको क्षमता निर्धारण गर्छ । तर, यो सल्भेन्सी वेल म्यानेज्ड हुन जरुरी छ । अर्को, अस्वस्थ प्रतिस्पर्धाले बजारको साखमा नै धक्का पुग्न सक्छ । १९ वटा जीवन बीमा कम्पनीमध्ये कुनै एकले नराम्रो गर्यो भने सम्पूर्ण कम्पनीको रेपुुटेसन बिगार्छ । त्यो हुने फेरि अस्वस्थ प्रतिस्पर्धाबाट नै हो । त्यसको मार ग्राहक, कम्पनी र सम्पूर्ण इण्डष्ट्रीलाई नै पर्छ । त्यसकारण त्यो जोखिम पनि उच्च छ । यसलाई कम गर्न जरुरी छ ।

हामी अस्वस्थ प्रतिस्पर्धामा जाँदैनौं । याक्चुुरी, व्यवस्थापन, इन्स्योरेन्स बोर्ड रेगुलेटरबाट आएको जति पनि निर्देशनहरु छन्, सम्पूर्णलाई पूर्णपरिपालन गरेर त्यो जोखिमलाई कम गर्छौं ।

यसलाई मेटलाइफले कसरी सम्बोधन गरेको छ त भन्दा फण्डलाई यसले कन्जर्भेटिभ वेबाट लगानी गर्छ । धेरै रिटर्न आउने तर जोखिम मोल्ने ठाउँमा भन्दा पनि ग्राहकको फण्डलाई सुरक्षित गर्ने, जसले गर्दा पछि गएर नकारात्मक असर नगरोस् । साथै, आवश्यकता परेको बेला तुरुन्त ग्राहकलाई भुक्तानी दिन सकियोस् । अर्को, मैले सल्भेन्सीको कुरा गरें, नियमनकारी निकायले भनेअनुसार १ सय ५० प्रतिशत सल्भेन्सी चाहिन्छ । हामीले ३ सय २७ प्रतिशत सल्भेन्सी मेण्टेन गरिरहेका छौं ।

अस्वस्थ प्रतिस्पर्धाको कुरा गर्दा मेटलाइफको आफ्नै नियन्त्रण गर्ने संयन्त्र छ, जुन पूर्णपरिपालनाको बाटोबाट हामी मार्केटमा जान्छौं । पूर्णपरिपालना बाटोबाट हामी बिजनेस कोअपरेट गर्छौं । पूर्णपरिपालना बाटोबाट नै सम्पूर्ण क्रियाकलापहरु हुन्छन् । त्यसकारण हामी अस्वस्थ प्रतिस्पर्धामा जाँदैनौं । याक्चुुरी, व्यवस्थापन, इन्स्योरेन्स बोर्ड रेगुलेटरबाट आएको जति पनि निर्देशनहरु छन्, सम्पूर्णलाई पूर्णपरिपालन गरेर त्यो जोखिमलाई कम गर्छौं । त्यसकारण यस्ता जोखिमलाई कम गर्ने सम्पूर्ण इण्डष्ट्रीको काम हो । त्यसअनुसार सम्पूर्ण इण्डष्ट्री अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ ।

नेपालमा नयाँ जीवन बीमा कम्पनी थपिएसँगै जीवन बीमा प्रतिस्पर्धीजस्तो देखिन्छ । पहिले विकल्पहरु सीमित थिए, अहिले विकल्प धेरै आएका छन् । अब मेटलाइफमै बीमा किन गर्ने ?
पहिलो कुरा त हामी ग्राहकहरुलाई केन्द्रमा राखेर काम गर्छौं । मेटलाइफ ग्राहक केन्द्रित कम्पनी हो । मिटिङ गर्दा, प्रडक्टहरुको कुरा गर्दा सबैभन्दा पहिले ग्राहकहरुका लागि के छ भनेर हामी आफूले आफैलाई प्रश्न गर्छौं । अघि हामीले लगानीकै कुरा पनि गरिसक्यौं । बढी रिटर्न दियो भने ग्राहकलाई हुन्छ भन्ने पनि होला तर त्यो पक्षमा हामी छैनौं । ग्राहकको फण्डलाई बढीभन्दा बढी सुरक्षित गर्ने हाम्रो काम हो । उहाँहरुको नासो सही रुपमा फिर्ता गर्न सक्नुु हाम्रो काम हो । रिर्टन अन्य कम्पनीभन्दा फरक यस कम्पनीमा पाए तापनि हामी सम्पूर्ण रुपमा ग्राहकमा केन्द्रित छौं ।

हाम्रा सात हजार ८ सय अभिकर्ता साथीहरु हुनुुहुन्छ, उहाँहरुलाई पोलिसी बिक्री गर्नेमात्र होइन कि कन्सल्टटेण्टको रुपमा विकास गर्न कोशिस गर्छौं । उनीहरुले कष्टुुमरको फाइनान्सियल हेल्थ चेकअप गर्छन् । उनीहरुलाई चाहिने आवश्यकता के हो त ? कष्टुुमरका आवश्यक पर्ने प्रडक्टको सोलुुसन उनीहरुले दिन्छन् ।

अर्को मेटलाइफले जहिले पनि प्रडक्ट बिक्री गर्दैन, यसले आफ्ना ग्राहकहरुको आवश्यकता, समस्या विश्लेषण गरेर त्यसको समाधान दिने काम गर्छ । हरेक ग्राहकहरुको एउटै समस्या, एउटै आवश्यकता हुँदैन । तर, हरेक ग्राहकको आवश्यकता र समाधान डेलिभरी गर्ने काम मेटलाइफले गर्छ । यस कम्पनीको कुरा गर्दा ४० भन्दा बढी देशहरुमा १ सय ५२ वर्षको अनुुभव छ । नेपालमा पनि दोस्रो दशकमा चलिरहेका छौं । यी सबै कुराहरुलाई नेपालमा ल्याएर हामीले सदुुपयोग गर्न पाएका छौं । नयाँ–नयाँ इनोभेटिभ प्रडक्टहरु जुनमा हामी पायोनियरका रुपमा छौं, त्यसमा हामीले ग्राहकको आवश्यकताको आधारमा नयाँ कुरा लिएर आएका छौं । त्यसमा हाम्रो वितरणका फरक–फरक च्यानलहरु छन् । जस्तो माइक्रो फाइनान्सहरु, डाइरेक्ट डिष्ट्रिव्युसनहरु भए, फरक–फरक डिष्ट्रिव्युसन च्यानलहरु छन् हामीसँग । यी सम्पूुर्ण च्यानलबाट हामी ग्राहकहरुका आवश्यकता विश्लेषण गर्छौं । हाम्रा सात हजार ८ सय अभिकर्ता साथीहरु हुनुुहुन्छ, उहाँहरुलाई पोलिसी बिक्री गर्नेमात्र होइन कि कन्सल्टटेण्टको रुपमा विकास गर्न कोशिस गर्छौं । उनीहरुले कष्टुुमरको फाइनान्सियल हेल्थ चेकअप गर्छन् । उनीहरुलाई चाहिने आवश्यकता के हो त ? कष्टुुमरका आवश्यक पर्ने प्रडक्टको सोलुुसन उनीहरुले दिन्छन् । मानिसहरु ओभर इन्स्योर्ड हुन्छन्, त्यो पनि रिष्क हो । कहिलेकाहीँ मानिसहरु अण्डर इन्स्योर्ड हुन्छन्, त्यो पनि रिष्क हो । दस लाखको बीमा गर्ने क्षमता भएको मानिसलाई एक करोडको बीमा गराइदियो भने उसले त्यसलाई निरन्तरता दिन सक्दैन, जसले गर्दा कम्पनीकै साख गिर्ने अवस्था आइपनसक्छ । त्यसैगरी, एक करोडको बीमा चाहिने व्यक्तिलाई एक लाखको बीमा गराएर पनि काम छैन । त्यसकारण हरेक ग्राहकको आवश्यकता फरक–फरक हुन्छ । त्यस्तै, कसैको प्राथमिकता स्वास्थ्यमा, कसैको बालबालिकाको शिक्षामा, कसैको रिटायरमेण्ट जीवनपछिको होला । ती सबैको समाधान गर्ने काम मेटलाइफले दिन्छ । त्यसमा केन्द्रित भएर हामी अगाडि बढ्ने भएकाले ग्राहकहरुले मेटलाइफलाई नै रोज्नुुपर्छ ।

लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । कतिपय बेतलवी बिदामा पनि बसे । धेरैको आम्दानी कमजोर बन्न पुुग्यो । यस्तो बेला कस्ता खालका प्रडक्टहरु बढी रुचाइएका छन् ?
अहिले मानिसहरुले आम्दानी कम हुँदा बीमाका प्रडक्टहरु अफोर्डएबल छैनन् भन्न थालेका छन् । तर, आम्दानी कम हुँदा झन् हामीलाई बीमाको आवश्यकता पर्छ । अहिले आम्दानी कम हुँदा भोलि स्वास्थ्य समस्या आए, छोरोछोरीको शिक्षा–दीक्षा वा रिटायरमेण्ट लाइफमा के गर्ने ? त्यतिबेला बीमाको आवश्यकता झन् बढी हुन्छ । प्रायः आमसर्वसाधारण सुरक्षाभन्दा पनि बढी बचतमा केन्द्रित भएका हुन्छन् । मैले बारम्बार भन्ने पनि गरेको छुु कि बीमा कम्पनीहरुले पनि बचत र लगानीभन्दा बढी सुरक्षालाई केन्द्रित गर्नुपर्छ, जसले गर्दा भोलि केही भइहाले परिवारलाई सपोर्ट, दुर्घटना हुँदा उपचारमा सहयोगी हुन्छ । बाह्र–पन्ध्र सयले लाखौंको कभरेज लिन सकिन्छ । त्यसकारण आम्दानी कम भएका ग्रुपका लागि बीमा झनै आवश्यक छ । यसका लागि चेतना जगाउन आवश्यक छ ।

हाम्रा २६ वटा माइक्रो फाइनान्स कम्पनीहरु पार्टनर छन् । उनीहरुले माइक्रो लेवलको इन्स्योरेन्सहरु सेयर गर्छन् । त्यसमा २५ हजार रुपैयाँ, दस हजार लोन लिएर साना–तिना व्यवसाय सुुरु गर्ने व्यवसायीहरुले समेत सस्तो रहेछ भनेर माइक्रो फाइनान्सबाट बीमा लिइरहेका छन् ।

हाम्रा २६ वटा माइक्रो फाइनान्स कम्पनीहरु पार्टनर छन् । उनीहरुले माइक्रो लेवलको इन्स्योरेन्सहरु सेयर गर्छन् । त्यसमा २५ हजार रुपैयाँ, दस हजार लोन लिएर साना–तिना व्यवसाय सुुरु गर्ने व्यवसायीहरुले समेत सस्तो रहेछ भनेर माइक्रो फाइनान्सबाट बीमा लिइरहेका छन् । यसको अर्थ गरिबीको रेखामुनि रहेका मानिसहरुले समेत बीमा गर्न सक्ने रहेछन् । त्यसकारण बीमा हरेक नेपालीका लागि अफोर्डएवल छ । मात्र यसबारे सचेतना हुन जरुरी छ । साथै, हरेक नेपालीले भविष्यका लागि बीमा गर्न जरुरी छ । हामी वर्तमानमा रमाउँछौँ, भोलि के हुन्छ कसैलाई थाहा छैन ? त्यसकारण बीमाले भविष्यमा आउने हरेक समस्याको समाधान दिन्छ ।

‘मेरो आत्मविश्वास मेरो मेटलाइफ’ भन्ने जुन हाम्रो क्याम्पियन छ, त्यो निकै सफल भइरहेको छ । त्योबाहेक ग्राहकलाई खुसी बनाउन क्षमतावान् मानिसहरुको जरुरी छ । त्यो क्षमता बढाउन फिल्डफोर्सका साथीहरुको पनि विकास गर्छौं ।

अन्त्यमा, मेटलाइफ आगामी दिनमा कसरी अगाडि बढ्दै छ त ? यसका नयाँ योजनाहरु के–के छन् ?
मेटलाइफ ग्राकह केन्द्रित थियो, छ र रहनेछ । यसको मुख्य पाटो भनेको ग्राहकहरु हुन् । म जहिले पनि मेटलाइफमा आबद्ध भइरहन चाहने उद्देश्य भनेको चाहे त्यो ग्राहक, कर्मचारी, एजेण्ट, स्टेक होल्डरका लागि होस् सदैव तपाईंसँगै अझ सुनिश्चित भविष्य निर्माण गर्दै जाने हो । हामी त्यही प्रपोजका साथ डिजिटल प्रोसेसहरु गर्छौं । त्यही प्रपोजका साथ हामीले मेरो आत्मविश्वास मेरो मेटलाइफ क्याम्पियन सुुरु गरेका छौं । सामाजिक सञ्जालदेखि हरेक ठाउँबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छौं । त्यसमा हाम्रा ग्राहक, एजेन्स फोर्स, स्टेक होल्डरहरु, कर्मचारी सबैले त्यसमा विश्वास गर्न सकून् भन्ने हो  । त्यसमा हाम्रो मुख्य फोकस भनेको तीनवटा सोलुुसनमा छ । पहिलो, कष्टुुमरको सोलुुसनका लागि छ । स्वास्थ, शिक्षा, रिटायरमेण्टको समस्याका लागि सोलुुसन मेटलाइफ । त्यसले कष्टुुमरको आत्मविश्वासलाई बढाउँछ । उसलाई मलाई समस्या पर्दा हेर्ने मेटलाइफ छ भन्ने भावना हुनेबितिक्कै आफ्नो सोचलाई अन्यत्र लगानी गर्न पाउँछ । त्यसकारण ‘मेरो आत्मविश्वास मेरो मेटलाइफ’ भन्ने जुन हाम्रो क्याम्पियन छ, त्यो निकै सफल भइरहेको छ । त्योबाहेक ग्राहकलाई खुसी बनाउन क्षमतावान् मानिसहरुको जरुरी छ । त्यो क्षमता बढाउन फिल्डफोर्सका साथीहरुको पनि विकास गर्छौं । उहाँहरुको करिअर विकास गर्न, उहाँहरुलाई व्यावसायिक बनाउन सहयोग गर्छौं । त्यसका लागि हामीसँग स्ट्रक्चरल प्रोग्रामहरु छन् ।

महामारी, भूकम्पको समयमा पनि मेटलाइफ फाउण्डेसनले धेरै काम गर्यो। ४० हजारभन्दा बढी मानिसहरुका लागि मेटलाइफले प्लान इन्टर्नेसनलसँग मिलेर काम गरेको छ । मेटलाइफ बेष्ट कर्पोरेट सिटिजन भएर नेपालमा रहन चाहन्छ र आफ्ना कम्पनी स्टेक होल्डरहरुलाई सेवा प्रदान गर्न चाहन्छ ।

हाम्रा कर्मचारीहरुका लागि पनि स्ट्रक्चरल ट्रेनिङ कार्यक्रमहरु छन्, जसमा अन्तर्राष्ट्रिय लेवलका कोर्षहरु हामीसँग छन् । यसबाट उहाँहरुको क्षमता विकास गर्दै हामीहरु अगाडि बढ्छौं । कष्टुुमरहरलाई खुसी पार्नु हाम्रो एकमात्र उद्देश्य हो । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै कार्यहरु पनि गरिरहेका छौं । त्यसमा मेटलाइफ फाउण्डेसनले पनि थुप्रै क्रियाकलापहरु गरिरहेको छ । महामारी, भूकम्पको समयमा पनि मेटलाइफ फाउण्डेसनले धेरै काम गर्यो। ४० हजारभन्दा बढी मानिसहरुका लागि मेटलाइफले प्लान इन्टर्नेसनलसँग मिलेर काम गरेको छ । मेटलाइफ बेष्ट कर्पोरेट सिटिजन भएर नेपालमा रहन चाहन्छ र आफ्ना कम्पनी स्टेक होल्डरहरुलाई सेवा प्रदान गर्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री