शुक्रबार, १४ वैशाख २०८१

कोरोनाले बीमाप्रतिको सोचलाई झकझकाइदियो

समयपोष्ट २०७७ फागुन २६ गते ८:००

Advertisement

जीवन बीमा क्षेत्रलाई कोभिडले कस्तो प्रभाव पार्यो ?
कोभिडले सम्पूर्ण क्षेत्रको वृद्धि–विकासलाई केही मात्रामा रोकेको छ । कम्पनीहरुले व्यावसायिक हिसाबले जुन अपेक्षा गरेका थिए, त्यो हिसाबले हेर्दा राम्रै प्रभाव पर्यो । यसमा आश्रितहरु पनि प्रभावित बने । एजेन्सीको आम्दानी, उनीहरुले घर–घरमा पुगेर दिनुुपर्ने सेवा र कम्पनीले दिनुपर्ने सेवामा सुरुवातमा केही असर पुग्यो । लगानीबाट आम्दानी गर्ने पाटोमा सम्पूर्ण अर्थतन्त्र नै घट्दा हामीले लगानी गर्ने क्षेत्र पनि कम हुन पुुग्यो, जसले गर्दा लगानी गर्ने अवसर खुम्चियो ।

शाखा विस्तारको क्षेत्रमा पनि अर्थतन्त्र कता जान्छ, त्यो हिसाबले निर्णय गर्ने हो । अन्य क्षेत्रभन्दा हामीलाई कम असर ग¥यो । हाम्रो व्यवसाय विस्तार २५ प्रतिशतमाथि वृद्धि भएको छ । कोरोनाले सम्पूर्ण कुरा नकारात्मकमात्र प्रभाव पार्यो भन्दा पनि केही कुराहरुमा सकारात्मक प्रभाव पनि रह्यो । जस्तो– डिजिटलाइजेसनमै जाने कुरामा कम्पनीहरुले योजना बनाइरहेका थिए, कोभिडले कार्यान्वयनमा ल्याइहाल्न सहयोग गरिदियो । वर्क फ्रम होम र डिजिटलाइजेसनको कल्चरलाई यसले तुरुन्तै कार्यान्वयनमा ल्याइदिएको छ ।

अर्को, विपद्को बेलामा काम लाग्ने भनेको बीमा हो । कोरोना विपद्ले बीमाप्रतिको मानिसहरुको सोचलाई झकझकाइदियो । जीवनमा हरेक समय जोखिम हुँदो रहेछ भन्ने कुरामा मानिसहरु सचेत पनि भए । यो वर्ष सलहले खासै असर नगरे तापनि कोरोनाले धनजनका साथै देशकै अर्थतन्त्रमा क्षति तुल्यायो । ओभरअल प्रभावमा यसका सकारात्मक र नकारात्मक पक्ष दुवै रहे ।

अब डिजिटल माध्यमबाट गरिने कारोबारलाई निरन्तरता दिन कत्तिको चुनौती छ ?

ग्राहकहरु तयार भइसकेपछि त्यसलाई लागुु गर्न गाह्रो छैन । यो बीचमा इन्टरनेटको विस्तार, डिजिटल प्लेटफर्मको विस्तारले गर्दा यसले मानिसहरुको माइण्ड सेटलाई सिफ्ट गरिदिएको छ ।

यसमा चुनौती छैन । कम्पनीहरुले पहिले पनि योजना बनाएका थिए तर ग्राहकको तहमा तयारी थिएन । डिजिटलमा जान ग्राहकहरु त्यससँग परिचित हुनुुपर्यो । पहिले मानिसहरु जुम, वेभ चलाउनुुभन्दा भेट्न सजिलो मान्थे तर अब त्यस्तो अवस्था रहेन । आईपीओ भर्ने सन्दर्भमा पनि पहिले मानिसहरु घण्टौँ लाइनमा बस्थे तर डिम्याट लागु हुनेबितिक्कै त्यसले मानिसहरुलाई सजिलो बनाइदियो । त्यसकारण ग्राहकहरु तयार भइसकेपछि त्यसलाई लागुु गर्न गाह्रो छैन । यो बीचमा इन्टरनेटको विस्तार, डिजिटल प्लेटफर्मको विस्तारले गर्दा यसले मानिसहरुको माइण्ड सेटलाई सिफ्ट गरिदिएको छ ।

कोरोना बीमा केही विवादित पनि भयो । यसले समग्र बीमा उद्योगलाई सकारात्मक/नकारात्मक कस्तो प्रभाव पारेको छ ?
कोरोना बीमाका प्रिन्सिपलबारे केही कुराहरु छलफलका विषय बनेका छन् । यो व्यावसायिक हो या सामाजिक बीमा हो भन्ने बहसको कुरा छ । यो व्यावसायिकभन्दा पनि सामाजिक बीमा हो । दोस्रो, यसले समग्र आर्थिक क्रियाकलापलाई चलायमान बनाइदियो । आजको मितीसम्म साढे तीन–चार अर्ब रुपैयाँ भुक्तानीसमेत भइसकेको अवस्था छ । विदेशमा अर्थतन्त्र चलायमान नहुँदा जनताहरुलाई सरकारले नै क्यास दिएको थियो । तर, हाम्रोमा जनताको पैसा अर्थतन्त्रमा पुर्याउन यसले महत्वपूर्ण भूमिका खेल्यो । बीमाको नाम नै नसुुनेका मानिसहरुमा पनि कोरोना बीमाले यो विषय र शब्दसँग परिचित तुल्याइदियो । गाउँ–गाउँमा बीमाको पहुँच पुुग्नुुका साथै बीमाले चर्चा पायो । त्यसकारण यसलाई म त सकारात्मकरुपमा लिन्छु ।

जीवन बीमा क्षेत्रमा देखिएका मुख्य चुनौतीहरु के–के हुन् ?

सङ्ख्याको हिसाबमा एजेन्सीहरु बढे तापनि त्यही तहमा उनीहरुको क्षमता विकास भएको छैन । उनीहरुलाई क्षमतावान् बनाउनु नै चुनौती हो ।

व्यावसायिक एजेन्सी, जसले यो सेवा ग्राहकहरुलाई लगेर दिन्छन्, तिनीहरुको तहमा गर्नुपर्ने कामहरु नै सबैभन्दा ठूलो चुनौती हो । पेशागतरुपमा उनीहरु सक्षम भए भने उनीहरुले ग्राहकहरुलाई दिने सेवा र कम्पनीले पाउने सेवा बेस्ट हुन्छ । त्यसकारण उनीहरुको सेवालाई व्यावसायिक र स्तरीय बनाउनुु अहिलेको चुनौती हो । सङ्ख्याको हिसाबमा एजेन्सीहरु बढे तापनि त्यही तहमा उनीहरुको क्षमता विकास भएको छैन । उनीहरुलाई क्षमतावान् बनाउनु नै चुनौती हो । आजको बजारमा स्रोत–साधनहरु पनि कम छन् । प्रशिक्षक र प्रशिक्षार्थीहरु पनि कम छन् । प्रशिक्षार्थीहरुले काम गर्दै, सिक्दै पनि गर्नुपर्ने भएकाले एग्रेसिभ्ली अहिले बढी विस्तार गर्दै लैजानुुपर्ने अवस्था छ ।

जीवन बीमामा सबैभन्दा महत्वपूर्ण पक्ष भनेका अभिकर्ताहरु हुन् । अभिकर्ताहरुसँग सिटिजन लाइफले कसरी समन्वय गरेको छ ?
अभिकर्ताहरुका लागि हाम्रा थुप्रै सेड्युल प्रोग्रामहरु छन् । अभिकर्ताहरुका लागि हामी मुख्यतया तीनवटा कुराहरुलाई बढी फोकस गर्छौं । पहिलो यही पेशाबाट उसको आर्थिक आवश्यकता पूरा होस्, दोस्रो ऊ व्यावसायिक हिसाबले दक्ष र योग्य होस् । त्यसका लागि हामीले नियमितरुपमा क्षमता विकासका तालिमहरु चलाउँदै आएका छौं । तेस्रो, यो पेशालाई सम्मानित बनाउन, समाजमा त्यससँग सम्बन्धित व्यक्तिको गरिमा बढाउन हामीले उचित काम गर्नेलाई पुरस्कृत गर्न कम्पनीले विशेष लगानी गरेको छ ।

सिटिजन लाइफका आगामी योजना के–के छन् ?
हाम्रो व्यवसाय राम्रोसँग वृद्धि भइरहेको छ । बजारमा सिटिजन लाइफलाई मानिसरुको एकमात्र रोजाइ बनाउने बटम लाइनमा हामीले काम गरिरहेका छौं । उचित सेवा दिने कुरामा एजेन्सीको विकास गरेका छौं । तीनवटा एरिया– कर्मचारीहरुका लागि बेस्ट कम्पनी, एजेन्सीका लागि बेस्ट सर्भिस प्रोभाइडर, ग्राहकहरुका लागि बेस्ट प्रडक्ट र खोजेको आवश्यकता पूरा गर्ने गरी हाम्रो कम्पनीले काम गरिरहेको छ । यी तीनवटालाई नै फोकस गर्ने भनेको बीचमा बसेर काम गर्ने एजेन्सी हो । एजेन्सीका लागि हामीले विशेष रुपमा स्किमहरु चलाइरहेका छौं । त्यसले गर्दा ग्राहकहरुको आवश्यकतालाई फोकस गरेर हामी अगाडि जान्छौं । अब क्रमिकरुपमा कम्पनीलाई ब्राण्डिङ गर्दै जाने र कम्पनीलाई पोजिसनिङ गर्ने र प्रोफेसनल भ्यालुु क्रियट गर्ने लाइनमा हामी छौं । बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गर्नका लागि कम्पनी विशेष रणनीतिका साथ अगाडि बढिरहेको छ ।

हामीले साधारण सेयर जारी गर्ने तयारी पनि गरिरहेका छौं । नयाँ प्रडक्ट ल्याउने तयारीमा पनि हामी छौं । अहिले हामी विशेष केन्द्रित रहेको भनेको डिजिटल सिटिजन क्याम्पेनमा हो । बेस्ट सर्भिसिङ टुलको विकास गरेर डिजिटल सिटिजन बनाउने क्याम्पेनमा हामी छौं । पोलिसी किन्नसमेत कष्टोमरहरु हामीकहाँ आइरहनुुपर्दैन । अनलाइनबाटै पोलिसी किन्न सकिने सुविधा छ । फुल डिजिटल सर्भिस दिने पहिलो कम्पनी सिटिजन लाइफ नै हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री