शुक्रबार, १४ वैशाख २०८१

म कुन पार्टीको प्रधानमन्त्री हो सर्वोच्चलाई सोध्नुहोस् : प्रधानमन्त्री ओली

समयपोष्ट २०७७ फागुन २४ गते १६:३३

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले अझै पनि अझैपनि अर्जुनले माछाको आँखोमात्र देखेजस्तै पद, सत्ता र स्वार्थ मात्रै देखिरहेको बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरु छन् जो अरु थोक केही पनि देख्दैनन् । अर्जुनले माछाको आँखोमात्रै देखेजस्तै पद, सत्ता र स्वार्थमात्रै देख्छन्’।

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधिएकामा आक्रोश व्यक्त गरे । ‘अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको ?’ प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो । आइतबार संसदमा नेकपा खारेज भइसकेको अवस्थामा प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गर्नुपर्ने बेला भएको भन्दै सांसद भीम रावलले टिप्पणी गरे।

‘उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो र कुन पार्टीको सदस्य भन्ने’, ओलीले आफु कुन पार्टीको प्रधानमन्त्री भन्ने प्रश्नको जवाफ सर्वोच्च अदालतलाई सोध्न आग्रह गरे ।

‘अदालतले भनेको पनि नसुन्ने, देख्नै पनि नखोज्ने, कान भएर के गर्ने सुन्दै नसुन्ने ? अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउ रे ! सर्वोच्च अदालत जानु कुन पार्टीको भन्ने’, ओलीको जवाफ थियो । त्यस्तै मानिसहरुले समस्या पैदा गरेको दावी गर्दै उनले लडाई गरेर, मुद्दा लडेर संसद पुनःस्थापना गरेकोमा आक्रोश पोखे । ‘यतिबेला चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोकेर संसद किन पुनःस्थापना गरेको रहेछ भन्दा उफ्रिन । नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन पो रहेछ’, उनले पुनःस्थापित संसदलाई देशका समस्या छलफल गर्ने थलो बनाउनुपर्नेमा छलफल गरौं न भन्दा पनि माननीय भनेपनि व्यवहार त्यो अनुसार नदेखिएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री