बुधबार, १२ वैशाख २०८१

जम्मू-कश्मीरका किसानलाई तालिम

समयपोष्ट २०७७ फागुन २३ गते १४:३०

Advertisement

भारतको जम्मू–कश्मीर प्रशासनले पुलवामा जिल्लामा कृषकहरुलाई माटोको स्वास्थ्य व्यबस्थापन बारे तालिम प्रदान गरेको छ ।

जम्मू–काश्मीरको कृषी कल्याण सेवा विभागले कृषकहरुलाई माटो र भूमीको सदुपयोग र संरक्षणको महत्वबारे तालिम प्रदान गरेको हो । कृषि विज्ञहरुले माटोको स्वास्थ्य अति महत्वको बिषय भएको भन्दै सहि मलखाद प्रयोग गर्न कृषकहरुलाई तालिम दिएका छन् ।

प्रत्येक कृषकले आफ्नो भूमी र माटोको अबस्थाबारे थाहा पाउन् भनेर पुलवामा क्षेत्रमा रहेका करिब एक हजार परिवारलाई माटोको स्वास्थ्य पत्र प्रदान गरिने पुलवामास्थित कृषि अधिकारी मोहम्मद कसिमले बताए । त्यही अनुसार कृषकले मलखाद प्रयोग गर्न सक्नेछन् ।

यो तालिम कार्यक्रमले उत्पादनको मात्रा र गुणस्तर सुधार गर्ने कृषकहरुले विश्वास व्याक्त गरे । उत्पादन र गुणस्तर बढाउन माटोलाई वैज्ञानिक तरिकाले उपयोग गर्नेबारे तालिम कार्यक्रमले सिकाएको कृषकहरुले बताएका छन् । द डेली गार्जियन

प्रतिक्रिया

सम्बन्धित सामाग्री