बिहीबार, १३ वैशाख २०८१

नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीले गर्यो यस्ता निर्णय

समयपोष्ट २०७७ फागुन १९ गते १४:४१

Advertisement

नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई निलम्बन गरेको छ ।

पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले दलको उपनेताबाट नेम्वाङलाई ६ महिना निलम्बन गरेको बताईएको छ । बैठकले नेकपा सचेतकबाट शान्ता चौधरीलाई पनि हटाएको छ बताईएको छ ।

त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, सचेतक शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठक दु:ख व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री