शुक्रबार, १४ वैशाख २०८१

पूर्वप्रधानमन्त्री भट्टराईलाई चाँडै शल्यक्रिया गर्न चिकित्सकको सुझाव

समयपोष्ट २०७७ फागुन १७ गते १०:२०

Advertisement

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ ।

वायोप्सी, DOTA NOC परीक्षण, Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएको भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले जानकारी दिए ।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको पाण्डेले बताए । पाण्डेले बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुनसक्ने कुरामा चिकित्सकले सचेत गराएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । अध्यक्ष भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कदैँ छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री