बिहीबार, १३ वैशाख २०८१

नेपाल एयरलाइन्सको विमान दुर्घटना, सबै सुरक्षित, विमानमा सामान्य क्षति

समयपोष्ट २०७६ चैत १५ गते १२:३८

फाइल फोटो

काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको नेपाल एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना भएको छ । नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा विमान चिप्लिएर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा मानवीय क्षति भएको छैन भने विमानमा सामान्य क्षति पुगेको विमानस्थल श्रोतले जनाएको छ ।

नेपाल एयरलायन्सको वाइ १२ ई जहाज काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको थियो । विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो। उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि उडान भर्न सकिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री