बिहीबार, १३ वैशाख २०८१

बिना कुनै लक्षण कोरोनाले लियो यि युवतीको ज्यान,आमा भन्छिन् : घरको ढोका थुनेर बस्नुहोस्

समयपोष्ट २०७६ चैत १३ गते ९:५०

Advertisement

बेलायतमा कोरोना भाइरसका कारण २१ वर्षीया युवतीको ज्यान गएको छ ।

यी युवतीमा अन्य कुनै स्वास्थ्य समस्या वा रोग नरहेको उनको परिवारले जनाएको छ । क्लोय मिडिलटनको मृत्युबाट अन्य व्यक्तिले सिक्नुपर्ने उनकी आमा डायना मिडिल्टनले बताएकी छिन् ।

‘जसले कोभीड–१९ लाई केवल भाइरसमात्रै सोच्नुभएको छ, तपाईहरुले पुनर्विचार गर्न जरुरी छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘आफ्नै अनुभवलाई लिएर भन्छु, यो भाइरसले मेरी स्वस्थ र कुनै रोगको लक्षण नरहेकी २१ वर्षीया छोरीलाई लिएर गएको छ ।’बकिङह्याम्सायरस्थित हाई वाइकम्बेको यो परिवारले महामारी रोकथामका लागि घरको ढोका थुनेर बस्न सबैलाई आग्रह गरेको छ । ‘कृपया सरकारको नियम मानेर आफ्नो सुरक्षा गर्नुहोस् । यो आफैं भाइरस फैलिएको छैन, मानिसले फैलाइरहेका छन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री