शुक्रबार, १४ वैशाख २०८१

कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने अवसर पायो भने खोप समेत काम नलाग्ने हुनसक्छ : महासचिव एन्टोनियो

समयपोष्ट २०७६ चैत १३ गते ९:३४

Advertisement

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महाबिरुद्ध लड्न सम्पुर्ण देश एक हुनुपर्ने बताएका छन् ।

उनले कोरोनाभाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका हुन् ।

महासचिवले भने, “यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ।”

“त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ। त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन।”यसबीच विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री