मंगलबार, ४ वैशाख २०८१

सेलपेको रकम स्थानान्तरण सेवा नि:शुल्क

समयपोष्ट २०७६ चैत १० गते १३:०४

Advertisement

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रकम स्थानान्तरण सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ ।

हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि चैत्र ९, २०७६ देखि बैशाख १८, २०७७ सम्मको लागि स्थानान्तरण सेवा नि:शुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेमा बास्तविक समयमा भुक्तानी,बिना वालेट कारोबार गर्न सकिने,सुरक्षित,लोयल्टी पोइन्टस पाईने विशेषताहरु रहेका छन् ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पि टु पि,पि टु बि,बि टु पि,बि टु बि आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री