सोमबार, २४ वैशाख २०८१

सावधान ! भिडियोमा हेर्नुहोस् कति दुत गतिमा सर्छ कोभिड–१९

समयपोष्ट २०७६ चैत ४ गते २२:२७

Advertisement

विश्वभर कोरोना भाइरस कोभिड–१९ को सन्त्रास फैलिएको छ । चीनको वुहानबाट सुरु भएको संक्रमण अहिले १६० भन्दा बढी मुलुकमा फैलिएको छ । नेपालमा अहिलेसम्म एकजना मात्र कोरोना भाइरसको संक्रमण भेटिएको र उनी पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनालाई प्रत्यक्ष रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित भाइरस भनेको छ । अर्थात जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसलाई कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।

चिकित्सकका अनुसार मानिसको उमेर बढ्दै गएपछि शरीरका मुख्य अगंहरु मुटु, फोक्सो र पाचन प्रणालीको शक्ति कम हुँदै जान्छ । जसको कारण भाइरसले सजिलै आक्रमण गर्दछ ।

यसरी सर्छ कोभिड-१९

Advertisement

घरबाटै ननिस्कनु नै बेस, साबधान ??..कसरी सर्दो रछ कोरोना भाइरस हेर्नू होस

Posted by Kamal Giri on Tuesday, March 17, 2020

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री