सोमबार, २४ वैशाख २०८१

दिलिप कुमार पनि क्वारेन्टाइनमा

समयपोष्ट २०७६ चैत ४ गते १८:५१

Advertisement

कोभिड-१९ को संक्रमणबाट भारतमा तीन जनाको ज्यान गैसकेको छ । कोरोना भाइरस थप फैलन नदिन भारत सरकारले आवागमन समेत रोकिसकेको छ ।

यस्तैमा बलिउड ९७ वर्षका कलाकार दिलिप कुमार क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । उनले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’

नायक दिलिप कुमारले आफ्ना प्रशंसक र फलोअर्सलाई सकेसम्म घर भित्रै बस्न आग्रह गरेका छन् ।

Advertisement

‘कोरोनाभाइरसले सबै सीमा पार गरिरहेको छ,’ उनले भने । ‘स्वास्थ्य विभागले जारी गरेको गाइडलाइन अनुसरण गर्नुहोस्, अरुलाई कमै भेट्नुहोस् ।’

उनकी श्रीमती सायरा बानुले उनलाई कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री