शनिबार, ५ जेठ २०८१

सपनाको राजकुमार भेटे : आँचल शर्मा

समयपोष्ट २०७६ चैत ४ गते १७:५४

Advertisement

विवाह लगत्तै अभिनेत्री आँचल शर्माले सपनाको राजकुमार भेटेको भन्दै सपनामा विश्वास गर्न सिकेको बताएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

उनले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् । उनले, आफूहरुको सपनालाई सफल बनाउन आयोजनाको प्रयासलाई मनैदेखि स्वागत गर्ने सबै मानिसहरुका कारण नै संभव भएको समेत उल्लेख गरेकी छिन् ।

गत साता मात्र आँचलले डाक्टर उदिप श्रेष्ठसंग लगनगाँठो कसेकी हुन् । हायात रिजेन्सी जहाँ उनीहरुले रिसेप्सन पार्टीको आयोजना गरेका थिए त्यहाँ हेलिकप्टरमा पुगेपछि यो जोडीले निकै चर्चा पायो । त्यसो त उनले लगाएको १६ लाखको लेहेंगा र ६० लाखको गहनाको चर्चा अझै सेलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री