शुक्रबार, १६ चैत २०८०

प्राइम लाइफले लाभांश वितरण गर्ने

समयपोष्ट २०७६ फागुन २७ गते १२:३४

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

इन्स्योरेन्सको फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको १३२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफाबाट सोही आवको लागि शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो।

इन्स्योरेन्सले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री