चाणक्यका अनुसार विषबाट अमृत कसरी प्राप्त गर्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नुपर्दछ । यसको अर्थ यदि कुनै समय विषमा अमृत भेटियो भने पनि त्यो अमृत ग्रहण गर्नुपर्छ । यसको मतलब प्रतिभा फोहोरमा छ भने त्यसलाई ग्रहण गर्न कुनै पनि प्रकारको कमि छोड्नुहुँदैन ।
सुन मूल्यवान् छ । फोहोरबाट पनि यदि सुन निकाल्ने अवसर प्राप्त भयो भने त्यस्तो अवसर छोड्नुहुँदैन । कुनै पनि व्यक्तिलाई राम्रो बस्तु प्राप्त गर्नु छ भने सधैँ प्रयत्नरत रहनुपर्छ ।
स्त्री यदि गुणी र सुन्दर हुनुपर्छ । गरिब घरको भएपनि कुनै स्त्री ज्ञानी छिन् भने अपनाउन अप्ठ्यारो मान्नुहुँदैन । यदि शत्रुको घरमा सुशील महिला छिन् भने उनीसँग सम्बन्ध जोड्न डराउनुपर्दैन । अंहकार छोडेर सुशील, गुणले भरिपूर्ण भएकी स्त्री जुन घरमा जान्छिन् त्यो घर सुन्दर हुन्छ ।
प्रतिक्रिया