आइतबार, ६ जेठ २०८१

मानिसबाट जनावरमा सर्यो कोरोना भाईरस

समयपोष्ट २०७६ फागुन २४ गते ११:२९

Advertisement

कोरोनाभाइरस संक्रमित मानिसबाट कुकुरलाई रोग सरेको पुष्टि भएको छ ।

हङकङका एक जना कोरोनाभाइरस संक्रमित मानिसका कुकुरलाई समेत कोरोनाभाइरस लागेको हङकङका स्वास्थ्य अधिकारीले पुष्टि गरे । यो घटना मानिसबाट जनावरमा रोग सरेको पहिलो घटना हो ।

‘पोमेरियन’ नाम रहेको त्यस कुकुरलाई अघिल्लो शुक्रबार लक्षण देखिएको आशंकामा परिक्षण गरिएको थियो । सुरुमा कुकुरको शरिरको बाहिरी सतहमा मानिसको संक्रमित पदार्थ झरेको तर उ आफैमा संक्रमण नभएको आशंका गरिएको थियो । अहिले विज्ञले कुकुरमा ‘न्युन स्तरको संक्रमण’ देखिएको बताएका छन् । अब संक्रमित कुकुरलाई कृषि, माछापालन र संरक्षण विभागमा थप परिक्षणको लागि क्वारेन्टाइनमा राखिनेछ । हङकङको स्वास्थ्य मन्त्री सोफिया च्यान–चीले नियमित पत्रकार ब्रिफिङमा कुकुरमा मानिसबाट कोरोना सरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री