आइतबार, ६ जेठ २०८१

हेर्नुहोस् नेपाल भ्रमणमा रहेकी मिस वल्र्डको नेपाली पोशाकमा सुन्दर तस्विरहरु

समयपोष्ट २०७६ फागुन २३ गते १२:३८

Advertisement

अहिले मिस वर्ल्ड २०१९ टोनी–एन सिंह नेपाल भ्रमणमा छिन् । बिहीबार संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा सिंह नेपाल आएकी हुन् ।

उनीसंग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् । भर्खरै मात्र यी सुन्दरीको नेपाल भ्रमणमा खिचिएका केही तस्विरहरु सार्वजनिक भएको छ । तस्विरमा उनीसंगै मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र पुर्व मिस नेपाल श्रृंखला खतिवडा पनि संगै देखिएका छन् । तीनै जना नेपाली पोशाकमा निकै सुन्दर देखिएका छन् ।

नेपाल भ्रमणको क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ । यो टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री