आइतबार, ६ जेठ २०८१

कोरोनाबाट बच्न डाक्टरको सुझाव : पानीमा भिज्दै नभिज्नुहोस्

समयपोष्ट २०७६ फागुन २३ गते ९:५९

Advertisement

चीनको वुहानबाट फैलिएको भनिएको कोभिड-१९ नोवल कोरोना भाईरसको संक्रमणबाट अहिले विश्वनै आतंकित भैरहेको छ । कोरोना भाइरस हालसम्म विश्वका ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ ।

नेपालमा विदेशबाट फर्किएकामा उच्च ज्वरो देखिने बितिक्कै आईसोलेनमा राखेर उपचार गर्न थालिएको छ । सरकारले भिडभाडमा जान,सभा समारोह गर्न प्रतिबन्ध लगाईसकेको छ । कोरोना सम्बन्धि जनचेतनामुलक सामाग्रीहरु प्रकाशन प्रसारण हुन थालिसकेका छन् । कोरोनको जोखिम बढेसंगै नजिकिदो होली पर्व नमनाउन जिल्ला प्रशासन कार्यलयले सुचना समेत जारी गरेको छ । यस्तोमा चिकित्सकहरुले समेत कोरोनाको जोखिम हुने भन्दै पानीमा नभिज्न,एक अर्कालाई रंग नदल्न सुझाव दिएका छन् ।

टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाका अनुसार होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ ।

भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

Advertisement

सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री