आइतबार, ६ जेठ २०८१

नेपाल भ्रमणमा मिस वर्ल्ड

समयपोष्ट २०७६ फागुन २२ गते १२:०५

Advertisement

मिस वर्ल्ड २०१९ टोनी–एन सिंह नेपाल आइपुगेकी छन् ।

बिहीबार काठमाडौँ अवतरण गरेकी उनी सात मार्चमा फर्किने बताईएको छ । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

नेपाल भ्रमणको क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ । यो टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री