आइतबार, ६ जेठ २०८१

कोरोना प्रकोपबाट बच्ने १० उपाय

समयपोष्ट २०७६ फागुन २१ गते ८:०७

Advertisement

संसारभर कोरोनाको प्रकोप बढ्दै गएपछि विस्व स्वास्थ्य संगठनले सम्पूर्या विश्वभर सबैलाई सजग रहन र सावधानीका उपायहरु अवलम्वन गर्न सूचना संप्रेषण गररिहेको छ ।

हालै उक्त संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखीम हुनसक्ने क्षेत्र भनी किटान गरीदिएको छ । यस्तोमा नेपाल भने कानमा तेल हालेर बसेको आभास हुन्छ ।

खरीपाटीमा एउटा करेन्टाइन बनाए पनि अन्य क्षेत्रमा केही गरीएको छैन । नत अन्र्तराष्ट्रिय उडानहरु रोक्ने बारेमा गम्भिर छलफल भएको छ । अर्कातीर एयरपोर्टका अधिकारीहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट निर्वाध रुपमा पर्यटकहरु भित्रन दिईरहेका छन् । यसै क्रममा सरकारलाई गम्भिर हुन नेपालका एक जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले निम्न लिखित बुंदाहरु बारे सजग गर्न सरकारलाई सुझाएका छन् :

१. भिजिट नेपाल १ बर्ष सारौँ । भिजिट नेपाल २०२१ मा राखौं । कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ । अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका छन्, हामीहरुले कोरोना क्लस्टरमा गएर नेपाल घुम्न आउ भनिरहेका छौं। कोरोना संक्रमण तथा त्रासको कारण व्यक्तिको समेत आर्थिक अवस्था चौपट छ । घुम्न आएपनि ती पर्यटकले खर्च गर्न सक्दैनन् । हाम्रो अभिष्ट पुरा हुँदैन ।

Advertisement

२. डव्लु. एच. ओ. ले नेपाललाई कोरोनाको ठूलो जोखिम देशमा राखेको छ । कोरोना भित्रियो भने पशुपतिनाथको पुजा गर्नु बाहेक सरकारको तयारी केहि पनि छैन । यो तथ्य हाम्रो सरकारले नबुझेपनिडव्लु. एच. ओ. ले बुझेको रहेछ भन्ने देखिन्छ ।

३. साउदीले त हजको लागि भिसा बन्द गर्ने निर्णय गर्यो भने हामीले फ्लिम हल पनि बन्द गर्न सकेका छैनौं । फ्लिमहल, ठूला सपिंग मल, सार्वजनिक यातायात लगायत भीडभाड हुने केन्द्रलाई बन्द गर्नु अनिबार्य छ । उल्टो हामीहरु स्कुलबाट फिलिम हेर्न सबै बिधार्थी लाने गरेका छौं । त्यो पैसा बरु ग्रसित देशमा चन्दा दिंदा राम्रो हुन्छ ।

४. स्कुल तथा कलेजहरुले बार्षिक परीक्षा अघि सारेर वा पढाइ बन्द गरेर परीक्षा मात्र लिंदा उपयुक्त हुन्छ ।

५. अस्पतालहरुमा रुघाखोकी, ज्वरोको लागि छुट्टै इमर्जेन्सी वार्ड, ओपिडी,बेड, आइसीयु, प्रयोगशालाहरुराखौं । अरु रोगको लागि त्यसको बिपरित दिशामा ब्यबस्था गरौँ । अस्पताल सरुवा रोगको ठूलो कारक तत्व हो भन्ने तथ्य मनन् गरौँ ।

६. अभिभावकले रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएको व्यक्तिलाई सुरुमा अस्पताल नलगौं । घरायसी उपचारले निको नभएमात्र अस्पताल लैजाऔं । राम्रो प्रयोगशाला भएको, ठूलो स्पेस भएको, बेड तथा आइसीयु भएको हस्पिटलमा लैजाने गरौँ ।

७. क्वारेन्टाइन तथा आइसोलेसन वार्डलाई बस्ती बाहिर टहरामा कोठा बनाएर राख्ने ब्यबस्था गरौँ । ५००० सुरक्षाकर्मी खटाउने हो भने ७ दिनमा १००० बेडको फलाम र प्रिफ्याबको केन्द्र बनाउन सम्भव छ । चिनमा यस्तै गरीएको हो । नेपालमा पनि गर्न सकिन्छ ।
८. सम्भावित औषधि, पानी, खाध्य पदार्थ, निस्संक्रमण रसायन, मास्क, ग्लोभ, स्वास्थ्यकर्मीको लागि बिशेष गाउन सरकारले ३ देखि ४ महिनाको लागि जोहो गरोस । अभाव हुनसक्छ ।

९. एयरपोर्टमा थर्मल स्क्यानर राखेर मात्र हुँदैन जहाज अवतरण गर्ने बेलामा सिटामोल खाएमा तापक्रम देखिदैन । ज्वरो मात्र कोरोनाको मुख्य इन्डिकेटर हैन तसर्थ एयरपोर्टमा सुविधासम्पन्न प्रयोशाला, अटेरिको लागि सुरक्षाकर्मी, एम्बुलेन्स, अस्पतालमा सुरक्षाकर्मीको ब्यबस्था आदि कडाइका साथ लागु गर्नुपर्छ ।

१०. मनोचिकित्सक, परामर्शदाता, साइकोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम र गाइडलाइन लगायत अन्य अत्यावस्यक साधन उपलब्ध गराएर तालीम सहित तम्तयार रुपमा राख्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री