आइतबार, ६ जेठ २०८१

यि चर्चित नायिकाले आफ्नो पिडा सुनाउँदै भनिन् -विवाहित व्यक्तिसँग प्रेममा नपर्नुहोस्

समयपोष्ट २०७६ फागुन २१ गते १५:४३

Advertisement

बलिउड अभिनेत्री नीना गुप्ताको नीजि जीवनसंग सम्बन्धित एक भिडियो अहिले भाइरल बनेको छ । जसमा उनले जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

भिडियोमा नीना गुप्ताले भनेकी छिन् – साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग सुनाउँछु जुन तपाईंमध्ये कतिले सुन्नुभएको पनि होला । ‘उनले मलाई उनी र उनकी श्रीमती एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छन् भन्छन् ।’‘यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नुहुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नुहुनेछ तर उनले भन्छन्, ‘नाई…बच्चा छन् । हेरौं पछि के हुन्छ ।’

‘तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मनलाग्छ । उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने । त्यसपछि उनले झुटो बोल्छन् ।’

‘त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउनेछन् ।’

Advertisement

‘पछि तपाईं उनीसँग थप रात बिताउन चाहनुहुन्छ । अन्त्यमा तपाईं उनीसँग विवाह गर्न चाहनुहुन्छ र तपाईंले उनलाई श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दबाब दिइरहनुहुनेछ ।’

‘त्यसपछि उनले थोरै प्रतिक्षा गर्न भन्छन् । त्यति सजिलो हुँदैन । सम्पत्ति छ । बैंक अकाउन्ट छन्, धेरै कुरा हुन्छन् भन्छन् । त्यसपछि तपाईं तनावमा पर्न थाल्नु हुनेछ ।’

‘कतिपटक त तपाईंलाई उनकी श्रीमतीलाई फोन गरेर उनको बानी बारे भनिदिन मन पनि लाग्छ । अन्त्यमा यो यति जटिल हुन्छ कि ती व्यक्तिले पनि सोच्छन् कि अब यस्तो जटिल परिस्थितीमा पर्दिनँ ।’

‘त्यसपछि उनले तपाईंलाई आफ्नो जीवनबाट बाहिरिन भन्छन् । त्यसैले साँचो भन्ने हो भने कहिले पनि विवाहित व्यक्तिसँगको प्रेममा नपर्नुहोस् । मैले यस्तो गरेको छु । म चिन्तित भएकी छु । त्यसकारण मैले तपाईंलाई यो सब भनिरहेकी छु । यस्तो जञ्जालमा पर्ने कोसिस नगर्नुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री