आइतबार, ६ जेठ २०८१

श्रीमतीका लागि पुन बाँच्न चाहन्छु : इरफान खान

समयपोष्ट २०७६ फागुन २१ गते १५:२८

Advertisement

बलिउडका चर्चित कलाकार इरफान खानले हालै मात्र एक अन्तर्वार्तामा आफ्नो रोग र नीजि जीवनबारे पनि कुरा गरेका छन् ।

इरफनले मुम्बई मिररलाई दिएको अन्तरवार्तामा क्यान्सर उपचारको यात्रालाई रोलर–कोस्टर राइडजस्तो बताउँदै यसमा आफू थोरै रोएको र धेरै हाँसेको बताए । उनले भने, ‘त्यतिबेला म भयंकर उकुसमुकुसबाट गुज्रिएँ, तर कतै न कतै मैले त्यसलाई नियन्त्रण गरेँ ।’उनले थपे, ‘यो समयमा म आफ्नाका लागि बाँचे । यसमा सबैभन्दा राम्रो कुरा के हो भने मैले छोराहरुसँग धेरै समय बिताएँ । उनीहरुलाई हुर्किरहेको देखेँ । किशोरावस्थाका लागि यो निकै महत्वपूर्ण समय हुन्छ ।’

श्रीमती सुतापा सिकदरबारे कुरा गर्दै उनले भने, ‘म सुतापाबारे के भनूँ ? उनी मेरा लागि सातै दिन २४ सै घण्टा उपलब्ध भइन् । मेरो हेरविचार गरिन् र उनका कारण मलाई अत्यधिक सजिलो भयो । म अहिलेसम्म यहाँ छु, यसको ठूलो कारण उनी हुन् र यदि मैले बाँच्ने मौका पाएँ भने म उनको लागि बाँच्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री