आइतबार, ६ जेठ २०८१

अहिलेनै सिनेमा हल बन्द गर्दैनौँ

समयपोष्ट २०७६ फागुन २१ गते १५:०६

Advertisement

विश्वभर कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले सभा, सम्मेलन, भोजभतेर तथा सेमिनार नगर्न आग्रह गर्दै आएको छ ।

तर नेपाल चलचित्र संघले भने अहिलेनै सिनेमा हल बन्द गर्नुपर्ने अवस्था नआएको बताएको छ । कोरोनाको प्रभाव थप बढ्दै गएको अवस्थामा संघ तथा हल सञ्चालकले स्वयम् सिनेमा घर बन्द गर्दै सरकारलाई सहयोग गर्ने तर अहिलेकै अवस्थामा बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको चलचित्रकर्मीहरु बताउँछन् ।

“हलमा सचेतना बढाउने, सतर्क हुने, माक्स लगाउने जस्ता कुरामा ध्यान दिन देशभरका सम्पूर्ण हललाई आग्रह गर्छौं तर हल नै बन्द गर्नुपर्ने अवस्था आएको छैन”, संघका अध्यक्ष मधुसुदन प्रधानले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री