आइतबार, ६ जेठ २०८१

भारतमा कति पुग्यो कोरोना संक्रमितको सङ्ख्या ?

समयपोष्ट २०७६ फागुन २१ गते १४:५५

Advertisement

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् । जसमा १५ जना इटालीका पर्यटक समेत समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनभाइरसको संक्रमितको सङ्ख्या बढेपछि भारतले इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा सोभन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ भने नयाँ भिसा दिन बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री