आइतबार, ६ जेठ २०८१

दोस्रो विवाह भारतीय संस्कारमा किन ? प्रियंकाले दिईन् यस्तो प्रष्टिकरण

समयपोष्ट २०७६ फागुन २० गते १४:३१

Advertisement

नायिका प्रियंका कार्कीले नायक आयुष्मान देशराज जोशीसंग भारतिय संस्कार अनुसार शुक्रबार धुमधामसाथ दोस्रो विवाह गरिन् । पहिलो विवाह नेपाली परम्परा अनुसार गरेकी उनले यो विवाह बारे धेरै कुरा उठेपछि यस बारे जवाफ दिएकी छिन् ।

प्रियंकाले आफूहरु दुलाहा–दुलही दुवैको मावली पुर्खा भारतीय भएकाले विवाहमा भारतीय संस्कार मिसाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

प्रियंकाले इन्स्टाग्राममा लेखेकी छिन्,‘हामीले दुवै परिवारको आमापट्टिको पुर्खालाई सम्मान गर्न भारतीय र नेपाली संस्कार मिश्रण गरेका हौं । मेरी आमा रक्षा मल्होत्रा आधा नेपाली र आधा पञ्जाबी हुनुहुन्छ । हाम्रो नानाजी (आमापट्टिको हजुरबा) पञ्जाबी हुनुहुन्छ र हाम्रो परिवार अमृतसर र हरियाणामा छ ।

यसैगरी, आयूष्मानको आमाको हजुरबा पनि पञ्जाबी हुनुहुन्छ । उहाँको देशराज थर त्यतैबाट आएको हो । त्यसैले मानिसहरु कहाँबाट आएका हुन् भन्ने बुझ्न कोशिष गर्नुहोला ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री