आइतबार, ६ जेठ २०८१

रेष्टुरेन्टबाट मगाएको खानामा जब मान्छेको दाँत फेला पर्यो….

समयपोष्ट २०७६ फागुन २० गते १३:१३

Advertisement

होम डेलिभरी गरिएको खानामा मानिसको दाँत फेला परेको छ ।

एउटा चिनियाँ रेष्टुरेन्टबाट एक जोडीले खाना मगाएको थियो । उनीहरुले जुन रेष्टुरेटबाट खाना मगाएका थिए त्यो रेष्टुरेण्ट रेटिङ ४/५ छ । सो कुरा सार्वजनिक भए लगत्तै स्थानीय अधिकारीले रेष्टुरेन्टको अनुसन्धान पनि गरेको छ जसमा रेष्टुरेन्टमा सरसफाइको कुनै पनि नियम नतोडिएको बताइएको छ । यसै आधारमा रेष्टुरेन्टलाई कुनै प्रकारको कारवाही नगर्ने निर्णय गरिएको छ ।

रेष्टुरेन्टका म्यानेजरले अधिकारीले सबै कर्मचारीको दाँत परीक्षण गरेको र कसैको पनि दाँत गायब नभएको बताए । उनीहरुले खानामा दाँत कसरी पुग्यो त्यसबारे आफू अनभिज्ञ भएको म्यानेजरले बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री