शुक्रबार, १४ वैशाख २०८१

हामीले १ सय ५१ वर्षमा ४० देशमा लिएका सम्पूर्ण अनुुभव नेपालमा सदुुपयोग गर्न पाएका छौँ

समयपोष्ट २०७६ फागुन २० गते ९:४६

Advertisement

 

मेट लाइफ नेपालको पछिल्लो अवस्था कस्तो छ ?

मेट लाइफ अहिलेको अवस्थामा स्वस्थ, मजबुत, दिगो, अनुशासित र कम्प्लाइन्ड अवस्थामा छ । व्यवसायको वृद्धि दिगो छ । गत तीन/चार वर्षदेखि हरेक वर्ष २० प्रतिशतको रेन्जमा लगातार व्यवसाय वृद्धि भइरहेको छ । कम्पनीको वित्तीय अवस्था ३२७ प्रतिशतमा सल्भेन्सी रेसियो मेन्टेन गरिरहेका छौँ । एसेट्स अन्डर म्यानेजमेन्ट लगभग २१.६ अर्ब छ । इन्भेस्टमेन्ट १९ अर्बभन्दा माथि गरिरहेका छौँ । हामीसँग लगभग डेढ सय प्रोफेसनल स्टाफ छन् । आठ हजारभन्दा बढी सक्रिय प्रोफेसनल फोर्स छ । कुनै पनि कोणबाट हेर्दा मेट लाइफको अवस्था ज्यादै राम्रो छ ।

लामो समयको अनुुभव, रिसर्च बेस र कस्टुमरको आवश्यकता अनुरूपको प्रडक्ट मेट लाइफसँग मात्रै छ । बालकदेखि वृद्ध अवस्थासम्म बिमासँग सम्बन्धित सबै लाइफ साइकललाई कभर गर्ने गरेर प्रडक्ट लिएर आएका छौँ । यसले ग्राहकको वास्तबिक आवश्यकता परिपूर्ति गर्दछ ।

नयाँ कम्पनी थपिँदा मेट लाइफलाई कत्तिको असर परेको छ ?

मेट लाइफलाई पक्कै पनि असर गरेको छ तर सकारात्मक रूपमा । बजारमा नयाँ कम्पनी थपिनु राम्रो कुरा हो । केही समयअघि मार्केट पेनिट्रेसन ज्यादै कम थियो । जब नयाँ कम्पनी थपिए पुराना कम्पनी सजग हुँदै अझ आक्रामक रूपमा अगाडि बढे । नयाँ कम्पनी पनि बजारमा आफ्नो छुट्टै पहिचान बनाउन लागे । एउटा पर्टिकुलर कम्पनी मात्र नभई पूरै इन्डस्ट्री नै भएको बिजनेसलाई कसरी तानातान गर्नेभन्दा पनि फरदर मार्केट कसरी क्रियट गर्ने भन्नेमा लागे । जसले गर्दा पेनिट्रेसन बढ्यो र पूरै इन्डस्ट्रीलाई फाइदा पुग्यो । नयाँ कम्पनी आए पनि उनीहरूको आफ्नै रणनीति छ । सँगसँगै मेट लाइफको आफ्नै किसिमका क्लाइन्ट विकास गर्दै, ब्रान्डिङ बढाउँदै, क्रियटिभिटीमा बढी फोकस गरेर नयाँ बजार क्रियट गर्न अगाडि भएकाले सकारात्मक प्रभाव परेको छ ।

मेट लाइफको आफ्नै किसिमका क्लाइन्ट विकास गर्दै, ब्रान्डिङ बढाउँदै, क्रियटिभिटीमा बढी फोकस गरेर नयाँ बजार क्रियट गर्न अगाडि भएकाले सकारात्मक प्रभाव परेको छ ।

पहिले बिमा गर्न सीमित विकल्प थिए । कम्पनी थपिएसँगै धेरै विकल्प खुला भएका छन् । यो अवस्थामा मेट लाइफमा किन बिमा गर्ने । यसका विशेषता कस्ता छन् ?

नेपालमा मात्र नभई ४० भन्दा बढी राष्ट्रमा मेट लाइफको एक सय ५१ वर्षको अनुुभव छ । यो बीच मेट लाइफले कति उतारचढाव देख्यो होला । वित्तीय क्षेत्रमा कति डिफ्रेन्सियल मुुभमेन्ट देख्यो होला । ४० वटा देशमा लिएका सम्पूर्ण अनुुभव हामीले नेपालमा सदुुपयोग गर्न पाएका छौँ । यो अनुुभव नेपालमा उपयोग गरेर अगाडि बढ्नुु नै एउटा पल्स प्वाइन्ट हो ।

मेट लाइफ किनभन्दा हामी जहिले पनि ग्राहक केन्द्रित भएर अनुसन्धानमा आधारित प्रडक्ट मात्र लिएर आउँछौ । मसँग यो प्रडक्ट छ कस्टोमरले यहीँ किन्नुपर्छ भन्ने होइन । मानिसलाई बालकदेखि वृद्ध अवस्थासम्म बिमासँग सम्बन्धित चाहिने कुरा के–के हुन् ती सबै लाइफ साइकललाई कभर गर्ने गरेर हामीले प्रडक्ट लिएर आएका छौँ । सामूहिक, व्यक्तिगतदेखि लिएर विद्यार्थी वर्ग, व्यावसायिक व्यक्तित्व, अफिस पर्सन या भनौं  समाजमा रहेका सबै किसिमका व्यक्तित्वलाई आवश्यक पर्ने सबै किसिमका प्रडक्ट हामीले लिएर आएका छौँ ।

सामूहिक, व्यक्तिगतदेखि लिएर विद्यार्थी वर्ग, व्यावसायिक व्यक्तित्व, अफिस पर्सन या भनौं  समाजमा रहेका सबै किसिमका व्यक्तित्वलाई आवश्यक पर्ने सबै किसिमका प्रडक्ट हामीले लिएर आएका छौँ ।

त्यो बाहेक फरक किसिमले गर्ने भनेको याक्सिडेन्ट र हेल्थ कभरेज हो । क्रिटिकल इलनेस हामीले ज्यादै फरक तरिकाले लिएर आएका छौँ । अर्को रिसर्चबेस प्रडक्टका बारेमा भन्नुपर्दा गत वर्ष हामीले लाइफ केयर भन्ने प्रडक्ट लन्च गर्यौं । यसले २४ वटासम्म रोग कभर गर्नसक्छ । यो महिला विशेष छ । यो प्रडक्ट लन्च गर्नुभन्दा अगाडि हामीले महिलामा बढ्दो क्यान्सरको जोखिमबारे अध्ययन गर्यौं  । महिलामा हुने पाठेघरको क्यान्सर, सर्भाइकल क्यान्सर, मुटुरोग कसरी बढिरहेको छ भन्ने हेर्यौं। नेपालमा विशेषगरी महिलाका लागि कभरेज चाहिएको छ भन्ने निचोड निस्किएपछि यो प्रडक्ट लन्च गरेका हौँ  । यो प्रडक्टले हामीलाई अन्तर्राष्ट्रिय अवार्डसमेत जितायो । स्टिभी अवार्ड सिल्भर क्याटागोरीमा अवार्ड जित्न सफल भयौँ । यो प्रडक्ट नेपाली महिलाका लागि ज्यादै आवश्यक छ ।

लामो समयको अनुुभव, रिसर्च बेस र कस्टुमरको आवश्यकता अनुरूपको प्रडक्ट मेट लाइफसँग मात्रै छ । हामीसँग भएका प्रडक्ट साँच्चै नै युनिक छन् । कस्टुुमरको रियल निडलाई यसले परिपूर्ति गर्दछ । यो सप्लाई गर्न हामीसँग पुुग्ने एजेन्सी तथा डाइरेक्ट डिस्ट्रिब्युसन च्यानल पनि छन् । बैङ्कासुुरेन्स अहिले केही हदसम्म बन्द छ । त्यो पनि भविष्यमा हुनसक्छ । माइक्रोका लागि आफ्नै डिस्ट्रिब्युसन च्यानल छ । च्यानलवाइज, प्रडक्टवाइज, अनुुभव, सर्भिस सबै हेर्दा इन्स्योरेन्स प्रडक्टका लागि मेट लाइफमा नै आउनुपर्छ ।

देश सङ्घीयतामा गएसँगै आर्थिक गतिविधि पनि स्थानीय तहमा गएका छन् । स्थानीय तहमा मेट लाइफले आफ्ना सेवा कसरी पुर्याउँदै छ ?

हामीले भौगोलिक विस्तारलाई मुख्य प्राथमिकतामा राखेका छौं। हामी फरक किसिमबाट देशका ७७ वटै जिल्लामा पुुगिसकेका छौँ । हामीले माइक्रो इन्स्योरेन्स सुरु गरेका छौँ । हामीे त्यसमा माइक्रो फाइनान्स कम्पनीसँग पार्टनरसिप गर्छौं । माइक्रो फाइनान्स कम्पनीसँग पार्टनरसिप गरेर जसले दस, बीस हजार, एक लाखको ऋण लिएर व्यवसाय गर्नेलाई केही भएको खण्डमा उनीहरूलाई लोन रिपेमेन्ट गर्न गाह्रो पर्नेरहेछ । यो बुुझाइका कारण माइक्रो लेभलमा हामी प्रवेश गरेका छौँ । यससँगै माइक्रो फाइनान्स कम्पनी मार्फत हाम्रा पोलिसी, प्रडक्ट ७७ वटै जिल्लामा पुुगिसकेका छन् ।

मेट लाइफ आफैं ब्रान्च अफिस भयो । अब सात वटा प्रदेशमा शाखा कार्यालय राख्ने र त्यहाँबाट अन्य ठाउँमा सेवा दिने योजना छ । हामी यो काम सन् २०२० को अन्त्य सम्ममा वा सन् २०२१ को सुुरुवात सम्ममा गरिसक्छौँ ।

अब सातै प्रदेशमा व्यवसाय विस्तार गर्ने योजनामा हामी छौं । अहिले फरक फरक क्षेत्रमा हाम्रा तीन वटा शाखा कार्यालय रहेका छन् । ती क्षेत्रबाट अरू बाँकी जति पनि एजेन्सी अफिस छन् त्यहाँबाट कन्ट्रोल हुन्छ । मेट लाइफ आफैं ब्रान्च अफिस भयो । अब सात वटा प्रदेशमा शाखा कार्यालय राख्ने र त्यहाँबाट अन्य ठाउँमा सेवा दिने योजना छ । हामी यो काम सन् २०२० को अन्त्य सम्ममा वा सन् २०२१ को सुुरुवात सम्ममा गरिसक्छौँ ।

बिमा समितिले लगानीका क्षेत्र विस्तार गरेका छन् तर कम्पनी ब्याज आम्दानीमा मात्र सीमित देखिन्छन् । किन लगानी पोर्टफोलियोमा परिवर्तन आउन सकेन ?

पब्लिकको फन्ड हामीले लिएर आउँछौं  भने सबैभन्दा पहिले हामी त्यो फन्ड नासोका रूपमा लिन्छौँ र त्यसलाई कसरी सुरक्षित रूपमा परिचालन गर्ने भन्ने कुरामा सचेत हुन्छौँ ।

हामीले क्रियट गर्ने कुनै पनि फन्ड भनेको मेट लाइफको नभई पब्लिकको हो । हाम्रो रणनीति पब्लिकको फन्ड हामीले लिएर आउँछौं  भने सबैभन्दा पहिले हामी त्यो फन्ड नासोका रूपमा लिन्छौँ र त्यसलाई कसरी सुरक्षित रूपमा परिचालन गर्ने भन्ने कुरामा सचेत हुन्छौँ । अधिकतम नाफा भन्दा पनि सुरक्षित राखेर उहाँहरूले चाहेको बेला हामीले उहाँहरूलाई भुक्तानी गर्न सकौँ । त्यो नै हाम्रो कम्पनीको गुड विल हो । मेट लाइफले यिनै कुरामा फोकस गरिरहेको छ । हामी यसलाई नै निरन्तरता दिएर अगाडि जान्छौँ ।

मेट लाइफले प्रविधिलाई कसरी आत्मसात गरेको छ ?

पोलिसीमा डिजिटलाइजेसन र सरलीकरण मेट लाइफको रणनीतिकोे एउटा कोरमा हुन्छ । डिजिटल्लीकरण र सरलीकरणको जब कुरा गर्छौं यसमा हामी ग्राहकलाई कसरी राम्रो सेवा सुविधा दिन सक्छौँ भन्ने कुरामा कनेक्ट गर्छौं । यो क्रममा हामीले डिजिटल्लीकरणका लागि थुप्रै अभियान सञ्चालन गरिसकेका छौं ।

मेट लाइफका थुुप्रै प्रोसेस डिजिटल्लीकरण भइसकेका छन् । यो कहिले पनि समाप्त नहुने प्रक्रिया हो । हामीले यसलाई अपग्रेड गर्दै नयाँ डिजिटाइजेसन क्रियट गर्दै जाने छौँ ।

हाम्रो अन्डरराइटिङ प्रक्रिया पूरै डिजिटल बाटोबाट हुुन्छ । हामीले बिजनेस प्रोसेस मात्र होइन अनबोर्डिङ सिस्टम पनि डिजिटाइज गर्न सुुरु गरिसकेका छौँ । केही एजेन्टले पोलिसी सेल गर्दा अब उहाँहरूले पेपर प्रयोग गर्नुहुँदैन । उहाँहरूले सबै पेपर ट्याबबाट प्रिजेन्टेसन गर्नुहुन्छ, ट्याबमा नै फिलअप गर्नुहुन्छ र बुुझाउन अफिसमै आइरहनुपर्दैन । घरमै बसीबसी सबमिट गर्न सक्नुुहुुन्छ । हामीले अर्गनाइज्ड वेबाट डिजिटाई अनबोर्डिङ सिस्टम सुुरु गरेका हौँ । ग्रुुप इन्स्योरेन्स डिजिटाइजेसन प्रोसेसमा छ, कस्टुमर पोर्टल गर्दै छौँ । जसमा कस्टुुमरले मोबाइलबाट नै सेवा लिन सक्छन् । हामीले सर्भे साइटबाट चाँडै नै डिजिटाइज वेबाट क्लेम इन्टिमेसन दिने प्रविधि ल्याउँदै छौँ । सर्सर्ती हेर्दा मेट लाइफका थुुप्रै प्रोसेस डिजिटल्लीकरण भइसकेका छन् । यो कहिले पनि समाप्त नहुने प्रक्रिया हो । हामीले यसलाई अपग्रेड गर्दै नयाँ डिजिटाइजेसन क्रियट गर्दै जाने छौँ । हामीले जे जति गर्दै जान्छौँ साँच्चै नै ग्राहकका लागि बेस्ट हो कि होइन भनेर उनीहरूलाई कनेक्ट गर्दै जान्छौँ ।

यहाँहरूले केही समय अगाडि पुनर्जागरण अभियान सुुरु गर्नुभएको थियो । यो कत्तिको प्रभावकारी भयो ?

साधारणतया केही ग्राहकले विविध कारणले गर्दा पेमेन्टलाई निरन्तरता दिन नसकेका पनि हुन्छन् । त्यो समयमा नभएको पेमेन्टलाई यदि निरन्तरता दिन चाहनुहुन्छ भने आउनुहोस् भनेर आह्वान गर्छौं । हामीले भर्खरै मात्र रिस्टेटमेन्ट क्याम्पेन गरेका थियौँ । त्यसमा हजारौँ ग्राहक जसले निरन्तरता दिन चाहे उनीहरूले फेरि त्यसलाई निरन्तरता दिएका छन् । त्यसमा मिडियाबाट पनि धेरै कभरेज भएको छ । त्यो क्याम्पेन निकै प्रभावकारी रह्यो ।

‘सदैव तपाईंसँगै अझै सुनिश्चित भविष्य निर्माण गर्दै’ भन्ने मुख्य हो । त्यो प्रपोजको वरिपरिबाट हामीले ग्राहकलाई कसरी अगाडि बढाउन सक्छौँ त । हामीहरूको भविष्यको योजना त्यहीँनिर छ ।

मेट लाइफका आगामी योजना के–के छन् ?

कुनै पनि कम्पनी अगाडि बढ्न फोकल प्वाइन्ट जरुरी हुन्छ । हाम्रो केन्द्रमा ग्राहक हुनुुहुुन्छ । ग्राहकलाई फोकस गर्दै हामीहरूको मेट लाइफ इन्टप्र्राइजेज लेभलमा एउटा प्रपोज क्रियट भएको छ । त्यो प्रपोज भनेको ‘सदैव तपाईंसँगै अझै सुनिश्चित भविष्य निर्माण गर्दै’ भन्ने मुख्य हो । त्यो प्रपोजको वरिपरिबाट हामीले ग्राहकलाई कसरी अगाडि बढाउन सक्छौँ त । हामीहरूको भविष्यको योजना त्यहीँनिर छ ।

मुख्यतया ग्राहक फोकस पहिलो हाम्रो प्राथमिकता हो । हामीले जे जति पनि काम गर्छौं, योजना गर्छौं सबैभन्दा पहिले हामीले आफूले आफैँलाई सोध्छौँ । हामीहरूको पूरा टिममा नै चाहे हाम्रो डिपार्ट म्यानेजर भन्नोस् या हाम्रो इम्प्लायर भन्नोस् पहिलो प्रश्न कुनै पनि काम गर्दा आफूले आफैँलाई सोध्छौं । मैले यो काम गर्दा ग्राहकलाई के फाइदा हुन्छ ? त्यो प्रश्नको उत्तरका आधारमा योजना बन्छन् । त्यसकारण सबैभन्दा पहिलो कुरा ग्राहकलाई फोकस गरेर त्यसमा थुप्रै क्रियाकलाप हुँदै छन् । ग्राहकको सन्तुष्टि पहिचान गर्न थुुप्रै इन्डिकेटर हेर्दै छौँ । सम्पूर्ण इन्डिकेटरबाट ग्राहकको सन्तुष्टिको लेभल हेरेर, रिसर्च गरेर जे–जति गर्नुपर्ने हुन्छ हामी गर्दै जान्छौं । सँगसँगै डिजिटाइजेसन सिम्प्लिफिकेसन पनि गर्दै जान्छौँ । यो हाम्रो ग्राहकका लागि भयो ।

हाम्रो ग्लोबल लर्निङ एन्ड डेभलपमेन्टको क्रियाकलाप हुन्छ । जसमा क्लास रुमदेखि लिएर अनलाइन सम्मको ट्रेनिङ् हुन्छ । ग्लोबल्ली फोकस गरेर इम्प्लोईको डेभलपमेन्ट गर्दै छौँ ।

ग्राहकलाई राम्रो हुनको लागि प्रोफेसनल एसोसिएट चाहिन्छ । यसका लागि उहाँहरूको विकास जरुरी छ । इम्प्लोईको विकास किन जरुरी छ भन्दा लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट एसोसिएसन लोमा भन्ने छ । लोमा भन्ने १२ विषयको एउटा कोर्स छ । हामी पूरै इम्प्लोइजलाई त्यो कोर्स गर्न प्रोत्साहन गर्छौं । यो वर्ष मात्र हाम्रा ६३/६४ इम्प्लोईले त्यो कोर्स गर्दै हुनुहुुन्छ । त्यसलाई बिस्तारै गर्ने हो । लोमामा फेलोसिप, एसोसिएट गर्ने नै २६ जना साथी हुनुहुुन्छ । त्यसरी हाम्रो विकास भइरहेको छ । सँगसँगै हाम्रा अनलाइन कोर्स पनि हुन्छन् । हामी डिग्रिड भनेर युज गर्छौं । डिग्रिडमा हाम्रा इम्प्लोईले के–कति सिक्नु छ सम्पूर्ण कुरा त्यहाँबाट सिक्नुुहुुन्छ । त्यो बाहेक हाम्रो ग्लोबल लर्निङ एन्ड डेभलपमेन्टको क्रियाकलाप हुन्छ । जसमा क्लास रुमदेखि लिएर अनलाइन सम्मको ट्रेनिङ् हुन्छ । ग्लोबल्ली फोकस गरेर इम्प्लोईको डेभलपमेन्ट गर्दै छौँ । एकातिर ग्राहक केन्द्रित अर्कोतिर उहाँहरूलाई उत्तम सेवा दिन व्यावसायिक कर्मचारी हामीले कन्सिडर गर्नुपर्छ । यो बाटोबाट अघि बढ्ने मेट लाइफको आकाङ्क्षा छ । जुन हाम्रो उद्देश्यबाट केन्द्रित भएको प्रपोज ड्रिभन कम्पनी भनेर भन्छौँ ‘सदैव तपाईसँगै अझै सुनिश्चित भविष्य निर्माण गर्दै’ भन्ने छ त्यसमा हामी सँगसँगै अगाडि बढ्छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री