आइतबार, ६ जेठ २०८१

यात्रुले खचाखच भरिएको पानीजहाजका क्याप्टेन पानीमा हामफालेपछि……..

समयपोष्ट २०७६ फागुन १८ गते १५:४४

Advertisement

यात्रुले भरिएको पानीजहाज चलाईरहेका क्याप्टेन अचानक पानीमा हामफाल्छन् ।

घटना म्यानमारको डाला पोर्टको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हुन् ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए ।‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो,’ क्याप्टेन एइले भने, ‘एक महिला अचानक जहाजबाट पानीमा खसिन्, महिला खसेकै ठाउँमा अर्को जहाज आउँदै थियो, उनलाई तत्काल उद्धार नगरिएको भए अर्को जहाजको चपेटामा उनी आउने थिइन्, अनि म हामफालेँ ।’ क्याप्टेन एइ विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइसकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन,’ उनले भने, ‘अब म बुढो भइसकेँ, म मरेँ भने पनि फरक पर्दैन, म हुँदाहुँदै कुनै युवा डुबेर मर्नु भएन, त्यही सोचेर म जहाजबाट हामफालेको थिएँ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री