शुक्रबार, १६ चैत २०८०

नियमित सेक्स नगर्ने जोडिहरुमा देखिन्छन् यस्ता रोग

समयपोष्ट २०७५ फागुन १६ गते २१:३२

Advertisement

यौन हरेक सजिब प्राणिहरु यौन क्रियाकलाप संग जोडिएकै हुन्छन । चाहे वंश अगाडि बढाउने सम्बन्धमा होस, चाहे आनन्दका लागी होस यौन अपरिहार्य विषय हो । थुप्रै अनुसंधानहरु यौनसंग सम्बन्धित हुने गरेका छन । अनुसंधानबाट यौन लाई मानिसको स्वास्थ्यसंग समेत जोडिन थालेको छ ।

यौन क्रियाकलापमा सक्रिय व्यक्ति र निश्क्रिय व्यक्ति विच गरिएको अनुसंधानले यौनमा सक्रिय व्यक्ति निश्क्रिय भन्दा निकै स्वस्थ रहेको पाईएको छ । अनुसंधानकर्ता तथा चिकित्सकका भनाई अनुसार यदि कुनै पनी उमेर पुगेको व्यक्ति यौनमा निश्क्रिय छ भने उसले आफ्नो स्वास्थ्यमा हेलचक्र्याइ गरिरहेको छ । यसले गर्दा शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउने उनिहरुको दाबी छ । उक्त अध्ययनले नियमित रुपमा वा हप्तामा २ देखी ३ पटक सम्म यौनसम्पर्क गर्नु स्वास्थ्यका लागी राम्रो रहेको बताईएको छ ।

नियमित सेक्स नगर्दा उत्पन्न हुन सक्ने रोगहरु

टाउको दुख्ने
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको अनुसंधानको रिपोर्ट अनुसार नियमित रुपमा सेक्स नगर्ने व्यक्तिहरुलाई टाउको दुख्ने रोग धेरै हुने गरेको बताईएको छ । साथै माईग्रेन वा टाउको दुख्ने विरामिहरु नियमित सेक्सपछी सो समस्या धेरै हदसम्म कम भएको जनाईएको छ । यसै अनुसंधानले महिनामा ५ पटक भन्दा कम सेक्स गर्ने मानिसहरुलाई माईग्रेन हुन सक्ने कुरा प्रकाशित गरेको थियो ।

ब्लड प्रेसर
आजकल बढ्दो विलासिता, अस्वस्थकर खानपान, शारीरिक कसरतको कमी जस्ता विभिन्न कारणहरुले ब्लड प्रेसर बढिरहेको छ । मानिसहरु शारीरिक रुपमा निकै निश्क्रिय भएका छन । सेक्स गर्दा मानिस शारीरिक रुपमा निकै सक्रिय हुनुपर्ने भएको र सेक्सको कारण धेरै क्यालोरी शक्ति समेत खर्च हुने भएकोले शरीरको अनावश्यक बोसो तथा अन्य तत्वको भरपुर प्रयोग हुने भएकोले नियमित सेक्स गर्नु ब्लड प्रेसर नियन्त्रणमा लाभ हुन्छ ।

हृदयघात
नियमित रुपमा सेक्स नगर्ने मानिसहरु लाई हृदयघात वा हर्ट एटेक हुने सम्भावना नियमित रुपमा सेक्स गर्नेहरु भन्दा धेरै हुने गरेको चिकित्सकहरु बताउंछन । सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन नामक हर्मोनको सन्तुलन हुने गरेकोले यसले शरीरमा फाईदा हुने गर्छ ।

तनाव
सेक्स अतिआवश्यक कुरा भएको माथिका धेरै भनाईबाट प्रस्ट नै हुन्छ । यसको चाहाना हरेक मानिसमा हुने गर्छ । चाहाना पुरा हुन नसक्दा मानिसले आफ्नो कामको बखतमा पनी यसैलाई ध्यान दिईरहेको हुन्छ । जसले गर्दा उसको कामको नतिजामा समेत ह्रास आउने गर्दछ ।

एक अध्ययन अनुसार जो व्यक्ति सेक्सबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन । सानो कुरामा तनाव महसुस गर्छ । किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

डिप्रेशन
नियमित रुपमा सेक्स नगर्ने पुरुष तथा महिलाहरु दुवैमा डिप्रेसन हुने सम्भावना धेरै रहेको अनुसंधानले देखाएको छ । आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित लेख अनुसार पुरुषको विर्यमा मेलाटोलिन, सेरोटोनीन तथा अक्सिटोनीन जस्ता हर्मोनहरु हुने गर्छ, जुन हर्मोनले तनाव नियन्त्रणमा भुमिका खेल्दछ ।

रिसाउने
नियमित सेक्स नहुने जोडिमा एक भिन्न प्रकारको रिस उत्पन्न हुन्छ । जसले दुई विच निकै समस्याहरु उत्पन्न हुन सक्छ ।

मोटोपन
सेक्स गर्दा १ घण्टामा ३०० देखी ५०० क्यालोरी बर्न हुने भएकोले, शरीरमा जम्मा हुने अनावश्यक बोसो नियन्त्रणमा सेक्सको महत्वपुर्ण भुमिका रहेको छ । साथै अध्ययनकर्ताहरुले मोटोपनका शिकार भएका मानिसहरुलाई नियमित सेक्स राम्रो हुने बताएका छन ।

प्रोस्टेट क्यान्सर
नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको दाबी छ ।

यौन दुर्वलता
नियमित रुपमा सेक्स नगर्ने पमानिसमा ईरेक्टायल डिस्फङसन, यौन ईच्छामा कमि आउने समस्याहरु हुने गरेको अध्ययनले देखाएको छ । नियमित सेक्सले पेल्भिक फ्लोर मसल, पेनाएल मसल बलियो हुने गर्दछ ।

ईम्युनिटि क्षमतामा कमी
मानिसको रोगसंग लड्ने क्षमता अर्थात ईम्युनिटि क्षमता ठिक हुन नियमित रुपमा हप्तामा २ पटक सेक्स गर्नुपर्ने कुरा अध्ययनबाट पुष्टि भएको छ । नियमित सेक्सले मानिसमा आईजीएको लेभल बढ्दछ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री