सेयर बजारमा सामान्य अंकको सुधार
समयपोष्ट
२०७५ फागुन १५ गते १५:२३
बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक २.९७ अंकले बढेर ११०५.५३ अंकमा पुगेको छ । आज सेयर बजारमा १ सय ६८ कम्पनीका ८ लाख कित्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् ।
आज बाणिज्य बैंक समुह २.८९,होटल ७.०६,जलविद्युत २.१३, र्निजिवन बीमा १७.०३,अन्य ५ र जीवन बीमा समुह २०.५२ अंकले बढेका छन् । यसैगरी विकास बैंक १.७९,फाइनान्स ३.०८,उत्पादनमुलक ६.७४ र लघुवित्त समुह २.३७ अंकले घटेका छन् ।
प्रतिक्रिया