शनिबार, ५ जेठ २०८१

सेक्स सम्बन्धि यस्ता समस्या भए नियमित गर्नुहोस् ध्यान

समयपोष्ट २०७५ फागुन १५ गते १३:३६

Advertisement

यौन जीवनमा समस्या झेलिरहेकाको लागि ध्यान र योगले निकै फाइदा पुर्याउँछ । नियमित ध्यान गरे गुमेको सेक्स उर्जा प्राप्त गर्न सकिन्छ । यौन चाहना नहुनु, शीघ्रस्खलन जस्ता समस्या छ भने ध्यान एउटा उपयुक्त माध्यम हुन सक्छ ।

नियमित ध्यान गर्नाले आफुलाई माया गर्न सिकाउँछ । कुनै पनि सम्बन्धलाई बलियो बनाउनुका साथ–साथै एक–आपसमा माया बढाउन सबैभन्दा पहिले आफुलाई माया गर्न जरुरी छ । आफुलाई माया गरे मात्र आफुमाथि ध्यान जान्छ । यसले हाम्रो शरीर स्वस्थ रहनुका साथै सेक्स पार्टनरलाई पनि सन्तुष्ट राख्न सकिन्छ ।

ध्यानले मानिसलाई स्थिर रहन सिकाउँछ । सेक्स जीवनका लागि यो निकै महत्वपूर्ण मानिन्छ । जीवनमा आएका समस्याका कारण हाम्रो दिमाग स्थिर रहदैन, कतै न कतै भटकिरहन्छ । जसकारण यौन सम्पर्क राख्दा हामी कमजोर बनिरहेका हुन्छौं । त्यसैले नियमित ध्यान गर्दा दिमाग एकाग्र हुन मद्दत पुग्नुका साथै यौन जीवनलाई पनि सफल बनाउन सकिन्छ ।

सेक्स सम्बन्धलाई शारीरिक अभ्यास पनि भनिन्छ । सेक्स गर्दा स्वासको गति पनि एकदमै तिब्र हुन्छ । यदि त्यतिबेला हामी सक्रिय छैनौं भने तुरुन्तै थाक्ने गर्छौं । तर ध्यानले स्वास लिन सिकाउँछ, जसले गर्दा सेक्सका बेला स्वास माथि नियन्त्रण हुनुलाई निकै महत्वपूर्ण मानिन्छ ।

Advertisement

ध्यानले आफ्नो सेक्स पार्टनरको भावनालाई महसुस गर्न सिकाउँछ । जुन बेला तपाईको सेक्स पार्टनरले साथ दिदैन त्यतिबेला अनेकौं किसिमका नकारात्मक सोंच उब्जिन सक्छ । तर शारीरिक सुख मात्रै पर्याप्त होइन, मानसिक सुख पनि निकै जरुरी छ भन्ने कुरा ध्यानले सिकाउँछ । ध्यानले दिमागबाट नभई दिलसँग जोड्न मद्दत पुर्याउँछ ।

तनाव सेक्स जीवनको सबैभन्दा ठुलो शत्रु हो । तनावका कारण सेक्ससंग सम्बन्धित अनेकौं समस्या पनि हुन सक्छ । तनावकै कारण सेक्समा रुची कम हुन्छ । त्यसैले मानिसलाई तनावबाट मुक्त रहन ध्यानको आवश्यकता छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री