शुक्रबार, १६ चैत २०८०

बिहान उठेर ऐना हेर्ने गर्नुभएको छ ? तुरुन्त हटाउँहोस यो बानी

समयपोष्ट २०७५ फागुन १५ गते १३:१०

Advertisement

वास्तु शास्त्र प्राचीन विज्ञान हो । हिन्दु धर्म अनुसार वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यार्थ हुँदैनन् । तर त्यसलाई केलाउन वा बुझ्न सक्नुपर्छ ।

यसरी गर्नुहोस् दिनको सुरुवात्

-वास्तुशास्त्रले भन्छ, पारिवारिक अशान्तिको कारण भनेकै गलत तरीकाले दिनको सुरुवात गर्नु हो । वास्तु अनुसार दिनको सुरुवात सही ढंगले गर्नर्का लागि बिहान के के गर्नु हुन्छ, के कस्ता काम गर्नु हुँदैन भन्ने जानकारी राख्न जरुरी छ । यस्ता कुरालाई ध्यानमा राखे घरमा सुख समृद्धि कायम राख्न सकिन्छ । वास्तुशास्त्र अनुसार बिहान उठ्नसाथ सबैभन्दा पहिले माता पिताको खुट्टा ढोग्नुपर्छ । त्यस्तै,आफ्नो हस्तरेखा हेरेर भगवानको स्मरण गर्नुपर्छ । यसले घरमा सकारात्मक माहोल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास जगाउँछ ।

-घरमा तुलसी रोप्नु धार्मिक दृटिले मात्र नभई आध्यात्मिक तथा वातावरणीय दृष्टिकोणले समेत लाभदायक मानिन्छ । यसले बाताबरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा वृछि हुन्छ । भनिन्छ, जुन घरमा तुलसीको वास हुन्छ, उक्त घर सुखी हुनुका साथै स्वस्थ रहन्छ ।

त्यसैले पनि विहान उठ्ने वित्तिकै तुलसीलाई जल चढाउनु पर्छ । यसले घरमा सकारात्मक उर्जा प्रवाह हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

-घरमा विहान सबेरै दियो बाल्नाले सकारात्मक उर्जाको पवेश हुन्छ । साथै, यसले पैसा सम्बन्धि समस्या समेत हटेर जन्छ । यसबाहेक, घरकी महिलाले एक लोटो पानी घरको मुख्य द्धारमा राखेको खण्डमा घरमा लक्ष्मीको आगमन हुन्छ ।

-संभव भएसम्म बिहान सबेरै घरको आगँनमा रंगोली बनाउनाले घरमा सकारात्मक उर्जा प्रवेश गर्छ ।

बिहान यसो नर्गर्नुहोस्

-कतिले शयन कक्षको सामुन्ने ऐना राख्ने गर्छन् । तर, वास्तुशास्त्रले बिहान उठ्नसाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन ।
– बिहान उठ्ने वित्तिकै अन्य व्यक्तिको अनुहार हेर्नुपनि राम्रो मानिदैन । उनीहरुको नकारात्मक उर्जा तपाईमा पर्छ । यसले पनि हाम्रो दैनिकी प्रभावित हुन्छ ।
-वास्तुशास्त्र अनुसार दिनको सुरुवात सकारात्मक सोचका साथ गर्नु गर्छ । त्यसैले विहान विहान कसैसँग झगडा गर्नु, नमिठो वचन बोल्नु, खराब चिन्तन गर्नु हुँदैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री