बुधबार, ७ साउन २०८२

युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँड

समयपोष्ट २०७५ फागुन १५ गते ११:५५

युनिभर्सल पावर कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । आईपिओमा आवेदन गरेका एक हजार ३०० कित्तासम्म माग गर्नेले माग अनुसारको शेयर प्राप्त गरेका छन् ।

यसैगरि एक हजार ५०० कित्तादेखि दश हजार कित्तासम्म माग गर्ने सबैले समानुपातिक रुपमा एक हजार ३५० कित्ता शेयर बाँडफाँड गरिएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आईपिओमा एक लाख ५ हजार १५९ वटा आवेदनबाट ९२ लाख ४५ हजार २९० कित्ता शेयर माग भएको थियो । जसमध्ये ४० आवेदनबाट परेको ३ हजार १६० कित्ता शेयर रद्ध भएको छ। बाँकी रहेको एक लाख पाँच हजार ११९ आवेदकबाट परेको ९२ लाख ४२ हजार १३० कित्ता सदर भएको थियो।

युनिभर्सल पावरले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी गरेको २१ लाख ३५० कित्ता शेयरमध्ये अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ बिक्रीमा ल्याएको थियो ।

जसमध्ये ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । कर्मचारीलाई छुट्टाएको एक लाख ८६ हजार ५४८ कित्तामध्ये ३ हजार ४५० कित्ता मात्र कर्मचारीले खरिद गरेपश्चात बाँकी रहेको एक लाख ८३ हजार ९८ कित्ता समेत सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

कम्पनीले यसअघि ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ निष्काशन गरेकोमा कर्मचारीले नबिनेको एक लाख ८३ हजार ९८ कित्ता गरि कूल ८८ लाख ५७ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री