स्पर्स लघुवित्तको आईपिओ फागुन २६ गतेदेखि
स्पर्स लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि साधारण शेयर जारी गर्ने भएको छ ।
कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणतर्फको दुई लाख ६९ हजार कित्ता शेयर मध्ये ४ हजार १४८ कित्ता कर्मचारी र १३ लाख ४८२ कित्ता बाँडफाँड गरि बाँकी दुई लाख ५२ हजार कित्ता निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ ।
कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म आवेदन गर्ने पाइनेछ ।
कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले कूल लाख ६९ हजार ६३० कित्ता साधारण शेयर जारी गर्न लागेको हो । जसमध्ये निष्काशित आईपिओको एक हजार ३४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएर २ लाख ५२ हजार कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया