बुधबार, ७ साउन २०८२

माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार कित्ता साधारण सेयर अर्को साता

समयपोष्ट २०७५ फागुन १४ गते ११:४२

माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणको लागि १७ लाख ३९ हजार ७ सय ८८ कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले फागुन २३ गतेदेखि १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ८० हजार कित्तासम्म आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गर्नेछ ।

यसरी निष्काशन गरिएको शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री