शुक्रबार, ७ वैशाख २०८१

श्रीमान अर्की महिलासंग रंगेहात फेला पारेपछि श्रीमतीले काटिदिइन् यौनाङ्ग,त्यसपछि चाउचाउमा हालेर गरिन् फ्राइ

समयपोष्ट २०७५ माघ २५ गते ११:२१

Advertisement

श्रीमानले धोका दिएको थाहा पाएपछि श्रीमतीले यौनाङ्ग नै काटिदिएको घटना सार्वजनिक भएको छ ।

श्रीमानको यौनाङ्ग काटेर श्रीमतीले चाउचाउमा हालेर प्यानमा पकाएको मिरर डट को डट युकेले जनाएको छ । यसबारे दुई ओटा तस्विरनै सार्वजनिक भएका छन् । तस्विर सार्वजनिक भएपछि धेरैले यसलाई वास्तविक ठानिरहेका छन् । एउटा फोटोमा रगत लत्पित्तिको सर्ट लगाएका व्यक्ति आँखा चिम्लिएर पल्टिरहेका छन् भने अर्को फोटो चाउचाउको छ । उक्त चाउचाउमा यौनाङ्गाको टुक्रा रहेको पनि बताइएको छ ।

यद्यपी, यी तस्बिर वास्तविक भनेर पुष्टि भइसकेका छैनन् ।

यी तस्बिर वेबसाइट प्रोलिफिक स्किन्सले पोष्ट गरेको हो जसमा भनिएको छ, ‘अर्की महिलासँग लागेपछि एक श्रीमतीले आफ्नो श्रीमानको यौनाङ्ग नै काटिदिएकी छिन् ।’

@whitney_beryl ले सेयर गरेको ट्वीट अनुसार ती श्रीमतीले आफ्नो श्रीमान् घरकी सहयोगीसँग सुतिरहेको भेटेपछि श्रीमानको यौनाङ्ग काटेको र चाउचाउमा राखेर पकाएपछि स्न्यापच्याटमा फोटो सेयर गरेकी छिन् ।

‘म यो फोटो वास्तविक हो भनेर विश्वास गर्न चाहन्नँ – यौनाङ्ग काटिएपछिको ग्राफिक फोटो हेर्नुहोस् त, तपाईंलाई के लाग्छ यी साँचो हुन् कि झुटो ?’

अर्को साइटमा एक पाठकले माग गरे, ‘तिमी राम्रो कामका लागि जेल जानुपर्छ ।’

यस्तो विचलित तुल्याउने घटना पहिलो भने होइन । यसअघि एक महिलाले धोका दिने श्रीमानलाई फ्राइङ प्यान र किचेनको चक्कुले यौनाङ्ग काटिदिएको बताइएको छ ।

४७ वर्षे वकिल ओतिके–ओडिबीले आफ्ना ५० वर्षे सीम नामका श्रीमानको नाइजेरियाको लेकीबाट युके भ्रमणको तयारीका बेला हत्या गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री