शनिबार, ५ जेठ २०८१

रजनीकान्तकी छोरी दोस्रो विवाह गर्दै, सेक्युरिटीको लागि आमाले लेखिन् प्रहरीलाई पत्र

समयपोष्ट २०७५ माघ २४ गते १४:५४

Advertisement

रजनीकान्तकी छोरी सौन्दर्याले दोस्रो विवाह गर्दै छिन् । एक छोराकी आमा समेत रहेकी उनले फेब्रुअरी ११ तारिखमा नायक विशागन वनंगमुदीसँग विवाह गर्न लागेकी हुन् ।

सौन्दर्याले आफ्नो विवाह बारे ट्वीट गर्दै भनेकी छिन्, ‘एक हप्ता बाँकी । दुलही मोड, विशागन वेड सौन्दर्या ।’

यसअघि सौन्दर्याको उद्योगपती रामकुमारसँग सन् २०१० मा विवाह भएको थियो र उनीहरुले सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए ।

ग्राफिक डिजाइनरको रुपमा आफ्नो करियर सुरु गरेकी सौन्दर्याले ‘बाबा, मजा, संदाकोझी र शिवाजी’ जस्ता फिल्ममा काम गरेका छन् । यस्तै विशागनले सन् २०१८ मा तमिल फिल्म वंजागर उलागममार्फत अभिनयको सुरुवात गरेका थिए ।

Advertisement

घरमा सुरक्षा बढाउन माग

उनको विवाह रजनीकान्तको पोइस गार्डनस्थित घरमा हुनेछ जसमा विवाहको तयारी मज्जाले सुरु भइसकेको छ । एक वेबसाइटका अनुसार रजनीकान्तकी श्रीमती लताले तमिलनाडु पुलिसलाई चिट्ठी लेखेर घरबाहिर सुरक्षा बढाउने माग गरेकी छिन् ।

उनका अनुसार घर बाहिर ट्राफिक जामको स्थिती हुनसक्छ र फ्यानको ओइरो लाग्न सक्ने भएकाले पुलिसको सहयोग मागिएको हो । फेब्रअुरी १० देखि विवाहको कार्यक्रम सुरु हुनेछ, ११ फेब्रुअरीमा विवाह र त्यसपछि १२ मा रिसेप्सन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री