ग्रीनलाईफ हाइड्रोको १८ लाख कित्ता साधारण शेयर निष्काशन, ९ हजार कित्तासम्म आवेदन गर्न सकिने
ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले आजबाट १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर निश्कासन गरेको छ ।
कम्पनीले कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत शेयर निष्काशन गरेकाे हो ।
साधारण शेयरमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र समूह ‘क’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत) का लागि आवेदन दिन पाउनेछन् ।
यसैगरि समूह ‘ख’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिनदाका लागि ७ लाख २० हजार कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् ।
यस्तै समूह ‘ग’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ ।
साधारण शेयर निश्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । क्यापिटलका अनुसार तीनवटै समूहका बासिन्दाहरुको कम्पनीको शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने छन् ।
साधारण शेयरमा ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चसरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र बैतेश्वर शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।
आईपिओमा माघ २२ गतेदेखि छिटोमा १५ दिन अर्थात फागुन ७ गतेसम्म र ढिलोमा ३५ दिन अर्थात फागुन २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक काठमाडौं क्यापिटलले जनाएको छ।
प्रतिक्रिया