बुधबार, ७ साउन २०८२

आशा लघुवित्तको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन,हालसम्म कति पर्यो आवेदन ?

समयपोष्ट २०७५ माघ २२ गते ११:३३

आशा लघुवित्त वित्तीय संस्थाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणमा ६ करोड ३० लाखको साधारण सेयर जारी गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार बेलुकासम्म कम्पनीको आइपिओमा १५ गुणाको आवेदन परेको छ । दुई लाख ४५ हजार आवेदनबाट ९२ लाख २ हजार कित्ता सेयरको माग भएको छ ।

कम्पनीले शुक्रबारदेखि कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि सर्वसाधारणले माघ २२ गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री