शुक्रबार, १४ वैशाख २०८१

चन्द्रमामा पुग्ने भए पर्यटक, यस बर्षको अन्तिमबाट सुरु गरिने

समयपोष्ट २०७३ फागुन १७ गते ६:४८

अमेरिकाले दुई पर्यटकलाई चन्द्रमामा पठाउँने भएको छ । अमेरिकी प्राइवेट स्पेस एजेंसी स्पेसएक्सले आगामी बर्ष दुई पर्यटकहरुलाई चन्द्रमामा पठाउँने भएको हो । आउँदो बर्ष  पैतालीस बर्ष पछि चन्द्रमामा मानिसले फेरी पाईला टेक्न पाउँनेछन् । 

Advertisement

स्पेसएक्सका सीईओ एलन मस्कले चन्द्रमा पुग्नको लागि दुईृ ब्यक्तिले आफुसंग सम्पर्क गरेको सोही अनुसार दुई आम नागरिकलाई आउँदो बर्ष चन्द्रमामा पठाउँने तयारी गरेको बताए । उनले भने,"मानिसको लागि ४५ बर्ष पछि डिप स्पेसमा पुग्ने मौका मिलेको छ । उनीहरु सोलार सिस्टममा पहिले भन्दा तिव्र रफ्तारमा र अझै अगाडी यात्रा गर्नेछन् ।"  

मस्नका अनुसार चन्द्रमामा जानको लागि यि दुईृ नागरिकले पेमेण्ट पनि गरिसकेका छन् । स्पेसएक्सले चन्द्रमामा जान लागेका दुई पर्यटकको नाम भने सार्वजनिक गरेको छैन । यि नागरिकको प्रशिक्षण र स्वास्थ परिक्षण यस बर्षको अन्तिमबाट सुरु गरिने स्पेसएक्सले जनाएको छ । 

एजेन्सी


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री