बिहीबार, १५ चैत २०८०

नयाँ स्वरुपमा फर्किदै स्यान्ट्रो 

समयपोष्ट २०७३ फागुन १६ गते ६:१७

कुनै समय मानिसहरुको ड्रिम कारको रुपमा रहेको ह्यूंडाईको स्यान्ट्रो नयाँ मुल्य र स्वरुपमा मार्केट प्रवेस गर्ने आँकलन गरिएको छ । भारतमा कम्पनीको विसौ बर्ष प्रबेशको उपलक्ष्यमा यो कार लञ्च हुँने हुनसक्ने आँकलन गरिएको हो । स्यान्ट्रो 2018 AH कोडनेममा आउँनसक्ने यस कारले स्टाईलिस ह्याचब्याक i10लाई रिप्लेस गर्नसक्नेछ । कम्पनीले यस कारलाई ix-metros को नामबाट बिदेशमा सोकेस गरिसकेको छ । यस कारमा १.० लिटर हाईली रिफाइंड पेट्रोल इञ्जिन राखिएको हुनेछ । कार इंजनमा छ स्पीड मैन्युअल ट्रांसमिशन AMT सहित आउँनेछ । AMT दिइएको ह्यूंडाईको यो नै पहिलो कार हुँनेछ । यस कारको मुल्य भारतीय बजारमा ३.५ लाख रुपैयाँ हुनसक्ने आँकलन गरिएको छ ।
कम्पनीले यस कारको बारेमा कुनै पनि आधिकारीक जानकारी भने दिएको छैन । कोरियाली कार कम्पनी ह्यूंडाई १९९८ मा पहिलो कार स्यान्ट्रो सहित  बजार प्रवेश गरेको थियो । यस्तै मौका पारेर सन् २०१८ मा कम्पनीले यो कार भारतीय बजारमा लञ्च गर्न सक्ने अड्कल गरिएको छ ।

Advertisement

एजेन्सी


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री