शुक्रबार, १६ चैत २०८०

ग्याल्पो ल्होसारको अवसरमा फागुन १७ र १८ गते साँस्कृतिक महोत्सव हुने 

समयपोष्ट २०७३ फागुन १४ गते ११:३९

२१४४ औँ राष्ट्रिय ग्याल्पो ल्होसारको अवसरमा यही फागुन १७ र १८ गते दुईदिने साँस्कृतिक महोत्सवको आयोजना हुने भएको छ। 
शनिबार रिपोर्टर्स क्लब नेपालमा तामाङ वौद्ध महासंघ नेपालले पत्रकार सम्मेलन गरेर समबोटा लिपिको आधारमा निर्माण भएको पात्रोको आधारमा ग्याल्बो ल्होसारको अवसरमा महोत्सव गर्न लागिएको जानकारी गराएको हो।
महोत्सव मुल समारोह समितिका संयोजक डा. ङिमा तामाङले बौद्ध धर्मका अनुयायी र वौद्धका चेलाहरूको एउटै मात्रै ल्होसार हुने बताउदै भने,‘हामी सबै बौद्धका अनुयायी हौँ, हामी बौद्ध धर्मका चेला पनि हौँ, त्यसैले जतिपनि ल्होसार मनाउने काम भैईरहेको छ, यसमा एकरुपता हुनुपर्छ।’
त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले बौद्ध धर्म नेपालीको मात्रै नभएर विश्वको धर्म भएकोमा जोड दिए ।
उनले भने,‘बौद्ध धर्म नेपालीको मात्रै होईन, यो विश्वका बौद्ध धर्मावलम्वीको हो, त्यसैले हामी नेपालीहरूले आगामि दिनमा एउटै मात्रै ल्होसार मनाउनु पर्छ, त्यसको लागि सञ्चार कर्मिले साथ दिने छन्।’
कार्यक्रममा गरु कमल मोक्तान तामाङले कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकर हल्लाउने भन्ने कुरा प्रष्टसँग थाह नभएकाहरुले ल्होसारलाई अतिरञ्जीत बनाएकोमा चिन्ता व्यक्त गरे। 
उनले भने,‘पात्रोका आधारमा हामी चल्नुपर्छ, ऋषि धमला साँच्चै ऋषिका चेला हुन जस्तो लागेको छ, उनले जे भने त्यो सत्य हो, बौद्ध धर्म हामी नेपालीको मात्र होईन, हामी सबै मिलेर एउटैमात्रै ल्होसार मनाउनु पर्छ, त्यसको लागि एकता हुनुपर्छ, म त यसका बारेमा बोल्दा बोल्दै मेरो केश फुलि सक्यो, अझैँ पनि यसका बारेमा बोलदै जानेछु, आगामी दिनमा सबै एक ठाउँमा उभिएर ल्होसार मनाउन सक्नु नै हामी सबैको भलो हुने देख्छु।’ 
बौद्ध, टुसाल, चावहील, गौशाला, रातोपुल, सिटि सेनटर, पुतली सडक हुँदै टुढिखेलमा पुगेर कार्यक्रममा परिणत हुने र्याली संयोजक दावा छिरी शेर्पाले जानकारि दिए। ल्होसारको सार तत्व भनेको ल्हो भनेर नयाँ र सार वा छार भनेको वर्ष भन्ने बुझिन्छ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री