बिहीबार, १५ चैत २०८०

कैलाश विकास बैंकको २० प्रतिशत हकप्रद खुल्यो,चैत १० गते बन्द हुने

समयपोष्ट २०७३ फागुन ६ गते ८:०२

कैलाश विकास बैंकको शुक्रबारबाट एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन खुला गरिएको छ । बैंकले धितोपत्र बोर्डबाट निष्काशनको स्वीकृति पाएको लामो समयपछि हकप्रद शुक्रबारबाट बेच्न लागेको हो । एक अर्ब ५८ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ३१ करोड ६० लाख रुपैंयाको हकप्रद बिक्री गरी पूँजी थप गर्न लागेको हो । 

Advertisement

बैंकको पाँच सेयर भएका शेयरधनीले एक कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । फागुन छ गतेदेखि खुला भएको हकप्रद निष्काशन चैत १० गते बन्द हुनेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिन शेयरधनीले क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास बैंकका सबै शाखाहरुमा चैत १० गतेसम्म हकप्रद भर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री